लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
खोटाङ चैत २२ - पुर्नगठित माओबादीको जिल्ला नेता तथा सामूदायिक बन उपभोक्ता समितिका अध्यक्ष कर्ण थापाको हत्यामा सँलग्न भएको आशङ्कामा जिल्ला प्रहरी कार्यालय उदयपुरले छ जनालाई पक्राउ गरेको छ। रामपुर ठोक्शीलाका शशि सेढाई लगायत छ जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका अन्यको भने नाम खुल्न सकेको छैन्। त्यहाँस्थित रामपुर ठोक्सिलाका माछापुछ्रे सामूदायिक बन उपभोक्ता समूहका अध्यक्ष तथा पुर्नगठित माओबादीका जिल्ला नेता थापाको शुक्रवार राती हत्या भएको थियो।
हत्याको बिरुद्धमा पुर्नगठीत माओबादी, नेकपा एकिकृत र सामूदायिक बन उपभोक्ता महासंघ उदयपुरले छुट्टा-छुट्टै प्रेस बिज्ञप्ती जारी गरि हत्यारा पत्ता लगाई कार्बाहीको माग गरेको स्थानीय पत्रकार उजुर राईले जानकारी दिए।

No comments:
Post a Comment