News

Apr 1, 2010

माओवादी अध्यक्ष प्रचण्ड अचानक दिल्ली जाँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१ अप्रिल, २०१०,माओवादी अध्यक्ष पुष्पकमल दाहाल आज अचानक दिल्ली जाने तयारी गरेका छन्। स्रोतका अनुसार उनी दिल्ली जाने तयारीमा रहेपनि भ्रमण सम्बन्धी जानकारी गोप्य राखिएको छ।
सरकारबाट बाहिरीएपछि भारतसँग निकै आक्रमक बन्दै आएका दाहाल पछिल्लो समयमा भारतप्रति नराम रुपमा प्रस्तुत भइरहेका छन् ।उनी कति वेला दिल्ली जांदै छन् भन्ने कुरासमेत बताइएको छैन । त्रिभूवन विमानस्थलको सुरक्षा निकायलाई पनि जानकारी दिइएको छैन । साथै उनले कस्लाई भेट्ने छन् बताउन चाहेको छैन । पछिल्लो समयमा राष्ट्रिय सरकारको माग तिब्र भइरहेको बेला उनको दिल्ली यात्रालाई अर्थपूर्ण रुपमा लिइएको छ ।

No comments: