News

Apr 1, 2010

संबिधान जारी गर्न तीन दल थप प्रतिबद्ध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०१ अप्रिल, २०१०,तोकिएकै समयमा संबिधान नबन्ने हो कि भन्ने आशंका बढीरहँदा प्रमुख तीन दलका शीर्ष नेताहरुले जेठ १४ गतेनै संबिधान जारी गर्ने थप प्रतिबद्धता व्यक्त गरेका छन् । कांग्रेस सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको पुण्य तिथीमा सहभागि माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस कार्यबहाक सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनालले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेताहरुले तोकिएकै समयमा सबिंधान बनाउन तीन दल सहमतिको बटोमा अघि बढ्ने घोषणा समेत गरे । माओवादी अध्यक्ष प्रचण्डले सहमतिका लागि प्रयासहरु भइरहेको बताएका ।
यस्तै कांग्रेस काबा सभापति सुशील कोइरालाले सहमतिका साथ अघि बढ्न आफू दृढ रहेको बताए । एमाले अध्यक्ष झलनाथ खनालले सहमतिका लागि एमाले अधिकतम लचकता अपनाउन तयार रहेको बताए । यस्तै सँगै रहेका प्रधानमन्त्री माधवकुमार नेपालले पनि सहमतिका साथ अघि बढ्न आफू तयार रहेको बताएका थिए ।

No comments: