लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादीकै समर्थनबाट एमालेका अध्यक्ष झलनाथ खनाल मुलुकको ३४ औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन्। औषत नेपाली भन्दा केही अग्ला कद र गोरो वर्ण र आकर्षक व्यक्तित्वका झलनाथ खनाल राजनीतिक क्षेत्रमा अध्ययनशील नेताका रुपमा परिचित छन्। कार्यकर्ता माझ त्यतिसारो घुलमिल हुन नसक्ने आरोप खेप्दै आए पनि नेकपा एमालेको आठौ महाधिवेशनबाट पार्टीको नेतृत्व सम्हाल्दै आएका छन्। खनालको जन्म विक्रम सम्वत् २००६ साल चैत ६ गते वावु पुङनाथ खनाल र आमा मधुमता खनालका सातौं अर्थात् जन्तरे सन्तानको रुपमा इलामको साँखेजुंगमा भएको थियो। १३ सन्तान मध्येका एक खनालको वाल्यकाल परिवारकै संरक्षणमा सामान्य ग्रामीण परिवेशमा वितेको थियो। उच्च मध्यम वर्गीय पारिवारिक पृष्ठभूमि भएका खनालको पारिवारिक पृष्ठमूमि राजनीतिक भने थिएन। प्रारम्भिक शिक्षा घरबाटै सुरु गरेका खनाललाई हजुरवुवा उमाकान्त खनालले घरमै कखरा सिकाएका थिए। खनालले प्राथमिक तहको शिक्षा साखेजुंग मिडिल स्कुलबाट र माध्यमिक तहको अध्ययन आदर्श माध्यमिक विद्यालय इलामबाट पुरा गरेका थिए। वि सं २०२३ सालमा एसएलसी उत्तीर्ण भएका खनाल आइएस्सी अध्ययनको लागि त्रिचन्द्र क्याम्पस भर्ना भए। त्रिचन्द्रमै विएस्सीको अध्ययन सुरु गरे पनि विएस्सीको पढाइ भने विचमै छाडे। विएस्सी अध्ययन छाडेपछि खनाल केही समय शिक्षक पनि वने। विक्रम सम्वत २०२७, २८ सालतिर बाग्लुङको गलकोट माध्यमिक विद्यालयमा विज्ञान शिक्षकको रुपमा जागिर खाएका थिए। त्यसपछि उनी २९ सालमा विज्ञान शिक्षककै रुपमा मेचीको इलामस्थित भानुभक्त माध्यमिक विद्यालय मंगलवारेमा पुगे। त्यसवेलाबाटै उनको सक्रिय राजनीतिक जीवन सुरु भएको मान्न सकिन्छ। त्यहाँ उनी राजनैतिक संलग्नताको अभियोगमा पक्राउ भइ केही समय जेल पनि परे। हुन त त्यस अघि नै विक्रम सम्वत् २०२३ सालमा मेची विद्यार्थी युनियनको अध्यक्ष र २५ सालमा अनेरास्ववियूको पाचौं राष्ट्रिय सम्मेलनको प्रतिनिधी वनिसकेका थिए।
खनालले २०३० सालमा राजनीतिशास्त्र तथा इतिहासमा विएसम्मको अध्ययन पुरा गरे। त्यसपछि औपचारिक अध्ययनलाई थाती राखेर राजनीतिक दर्शनहरुको अध्ययन सुरु गरे। कम्युनिष्ट दर्शनबाट प्रभावित खनालले २०३४ सालमा नेकपा माले गठन गर्न सक्रिय भूमिका निर्वाह गरेका थिए। विक्रम सम्वत् २०३९ सालमा ३३ वर्षको उमेरमा रवीलक्ष्मी चित्रकारसंग अधिकांश कम्युनिष्ट नेताको जस्तै खनालको पनि अन्तरजातीय विवाह भएको थियो। नेकपा मालेका संस्थापक नेता खनाल २०३९ देखि ४७ सालसम्म मालेका महासचिव थिए।
२०४६ सालमा संयुक्त बाममोर्चा गठन हुँदा समेत नेतृत्वदायी भूमिका निभाएका खनालले नेकपा एमाले गठन भएपछि पाचौं, छैटौं र सातौं महाधिवेशनमा प्रत्येक पटक स्थायी कमिटिमा रहेर कार्य गरे। २०३७ देखि पूर्ण भूमिगत भएका खनाल ४६ सालको खुलामञ्चको जनसभालाई सम्वोधन गर्न सार्वजनिक भएका थिए। २०६१ सालमा उनले पार्टीको कार्यवाहक महासचिवको पद सम्हाले। तात्कालिन महासचिव माधव नेपालले संविधानसभाको निर्वाचनमा पराजय बेहोरेपछि उनले महासचिवबाट राजिनमा दिए र खनालले महासचिवको जिम्वेवारी सम्हाले। नेकपा एमालेले अध्यक्षात्मक प्रणाली अवलम्वन गरेपछि ६५ सालमा वुटवलमा भएको आठौं महाधिवेशनबाट खनाल अध्यक्ष पदमा निर्वाचित भएका हुन्। खनाल २०४८ सालमा भएको आम निर्वाचन तथा ५१ मा भएको मध्यावधी निर्वाचनमा इलाम क्षेत्र नम्वर एकबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए र २०६४ को संविधान सभा निर्वाचनमा पनि इमाल क्षेत्र नम्वर एक बाटै संविधान सभा सदस्य छन् ।
२०४६ को राजनीतिक परिवर्तपछि उनी पटक पटक मन्त्री समेत वनेका छन्। खनाल ४७ सालको अन्तरिम सरकारमा कृषि, भूमिसुधार तथा ब्यवस्था एवम् वन तथा वातावरण मन्त्री थिए। त्यसैगरि ५३ सालको गठवन्धन सरकारमा उनी सूचना तथा संचार मन्त्री थिए। पछिल्लो समय पार्टी भित्रै माओवादी परस्त भएको आरोप खेप्दै आएका खनाल अन्ततः नाटकीय रुपमा माओवादीकै समर्थनबाट प्रधानमन्त्रीमा निर्वाचित भएका छन्।

No comments:
Post a Comment