News

Feb 11, 2011

माओवादीले सरकार ढाल्न खोजे काग्रेसले बचाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली काग्रेसका नेता भिष्मराज आङदाम्बेले माओवादीले सरकार ढाल्न खोजे आफ्नो पार्टीले बचाउने बताउनु भएको छ । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो-’अहिलेनै सरकार बनाउने माओवादी नै सरकार ढाल्न लागिसकेको छ । सरकार ढल्ने अवस्थामा शान्ति र संविधानका लागी जिम्मेवार पार्टीको भूमिका कांग्रेसले निर्वाह गरेर उपयूक्त निर्णय गर्छ ।’एमाले र माओवादीबीच भएको सात बुँदे सहमतिले मुलुकलाई आघात पुर्‍याएको दावी गर्दै उहाँले यसले सहमतिको बाटोलाई गंभिर असर पारेको ठोकुवा गर्नुभयो । शान्ति र संविधान निर्माणको कार्य सहज हुँदै गएको अवस्थामा भएको सात बुँदे सहमतिले मुलुकलाई अराजकता र सत्ता कब्जाको बाटोतर्फ लगेको गंभिर आशंका उत्पन्न भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो-’आलोपालो प्रधानमन्त्री बन्ने, सेना समायोजनको विषयलाले मुलुकलाई अन्यौलतता तर्फ धकेलेको छ । यसले निशेधको राजनीतिलाई अगाडि बढाएको छ । यसले ऐतिहासिक उपलब्धिलाई संस्थागत गर्ने बाटो बाट पछाडि धकेलेको छ ।’कार्यक्रममा राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष प्रकाशचन्द्र लोहनीले सात बुँदे सहमतिलाई षड्यन्त्रको संज्ञा दिदै सहमति शान्ति सम्झौता र अन्तरिम संविधान विपरित भएको दावी गर्नुभयो । उहाँले भन्नुभयो-’यो सहमतिले शान्ति प्रक्रियालाई अगाडि बढाउँदैन । त्यसैले हामि यसको समर्थन गर्दैनौ ।’ सहमतिबाट माओवादी अझै पनि एकदलिय तानाशाहीको सोचबाट बाहिर जान नसकेको प्रष्ट बनाएको उहाँको भनाई छ ।

No comments: