News

Feb 11, 2011

लिम्बुवान र व्यावसायीद्वारा एकात्मक सरकारप्रति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२७ माघ २०६७, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले गरेको अनिश्चितकालीन अरुणपूर्व नौ जिल्ला बन्दको माहौलले उचाइ लिइरहेकै बेला सर्वसाधारण जनताको हितलाई ध्यानमा राखी त्यहाँका यातायात व्यावसायीहरुसँग एक सहमति गर्दै अनिश्चितकालीन बन्द स्थगित गरेको छ । यातायात व्याबसायी र परिषदबीच माघ २७ गते यातायात व्यावसायी संघको कार्यालय धरानमा वार्ता गरी सरकार र सम्बद्ध पक्षको ध्यानाकर्षण गराउन गरिएको बन्दले त्यहाँका जिम्मेवार राजनीतिक दल र सरकारले गम्भीरता नदेखाएप्रति खेद प्रकट गर्दै तीन बुँदामा सहमति गरेर अनिश्चितकालीन नौ जिल्ला लिम्बुवान बन्द स्थगित गरिएको छ । धनकुटामा एक साताअघि बन्द उल्लङ्घन गर्ने एक माइक्रोबसमा आगजानी भएपछि यातायात व्यावसायीहरुले पनि कोशी लोकमार्ग बन्द गरेका थिए । यही बेला, लिम्बुवानले भने निर्वाचन आयोगले कुबेलामा गरेको एकात्मक शैलीको फोटोसहितको मतदाता नामावली सङ्कलनको विरोधमा आन्दोलनरत लिम्बुवानले अरुणपूर्व नौ जिल्लामै यातायाद बन्दहुँदै स्थानीय निकायमा तालाबन्दी गरेर शैक्षिक संस्थासमेत बन्द गरेको थियो । सरकारले भने मागको सम्बोधन गर्नको साटो एकात्मकशैलीमै गृहमन्त्रालयबाट आदेश दिँदै शान्तिपूर्ण आन्दोलनमा रहेकालाई पनि जस्तोसुकै कार्वाही गर्न समेत निर्देशन दिइरहेको थियो । सरकारको एकात्मक रबैयाको विरुद्ध माघ २७ गते विहीबार लिम्बुवानको सुनसरी, मोरङ र झापामा बन्दको आन्दोलनलाई अझ सशक्त र प्रभावकारी बनाउँदै लिम्बुवान अन्दोलनमा ऐक्यवद्धता जनाउन हजारौंको मोटर साइकल र्याली समेत गरिएको थियो । तर, सशस्त्र प्रहरीले माथिको प्रत्यक्ष निर्देशन भन्दै सो र्यालीलाई एक जिल्लाबाट अर्को जिल्लामा जान दिएको थिएन । यही बेलामा लिम्बुवानको आन्दोलनलाई समर्थन र ऐक्यवद्धता जनाउँदै जायज मागलाई सम्बोधन गरेर समस्या समाधान गर्न सरकारसँग माग गर्दै खम्बुवान र तामाङसालीङबाट समेत आन्दोलनप्रति ऐक्यवद्धता र समर्थन जनाउँदै यदि सरकारी दमनलाई जारिराखे आन्दोलनमा उत्रने चेतावनी दिएका थिए । त्यसैगरी, लिम्बुवान काठमाडौं सम्पर्क समितिले पनि एक प्रेस विज्ञप्ति जाहेर गरेर एकात्मकवादीसँग कुनै सम्झौता नगर्न आग्रह गर्दै थप आन्दोलनको तयारी गरिरहेको जनाएको थियो । यो लिम्बुवानको आन्दोलन चलिरहेको बेला लिम्बुवान हङकङ, अमेरिका, यूके र खाडीमुलुकमा रहेका लिम्बुवानवासीहरुले समेत गम्भीर चासो लिँदै आन्दोलनलाई सहयोग गर्ने तयारीहरु भइरहेको थियो । राज्य पक्षभने सरकार समेत बनाउन र घोषणा गर्न नसकिरहेको तथा मुख्य दलहरु केवल मन्त्रीपदमै जुधिरहेकाले लिम्बुवानवासी सर्वसाधारण जनताको हितलाई मध्यनजर गर्दै लिम्बुवानका यातायात व्यावसीयहरुले आफ्नो आन्दोलनलाई फिर्ता गरेर एकात्मक सरकारले पक्राउ गरेका लिम्बुवानका नेता तथा कार्यकर्ताहरुलाई विनाशर्त रिहा गर्न गराउन पहल गर्नेलगायतका सहमतिहरु गर्दै आन्दोलन स्थगित गरिएको हो । एकात्मकवादीहरुलाई थप खेल्न नदिन उचित ठानी केही समयलाई अनिश्चितकालीन बन्दको आन्दोलनलाई स्थगित गर्न उपयुक्त भएको ठहर गर्दै लिम्बुवान सो सममतिमा पुगेको वार्ताका नेतृत्व लिम्बुवानका उपाध्यक्ष ज्ञानबहादुर गुरुङले जानकारी गराए । यातायात व्याबसायीहरुले धनकुटामा एक साताअघि तोडफोड भएको माइक्रोबसको क्षतिपूर्ति इन्स्युरेन्स कार्यालय र सरकारसँग माग गर्ने तथा पक्राउ परेका लिम्बुवान परिषदका नेता तथा कार्य्रकर्ताहरुलाई विनाशर्त रिहा गर्ने सहमति गरेपछि सो आन्दोलन स्थगित भएकॊ हो । वार्तामा पुर्वाञ्चल यातायात व्याबसायी संघका अध्यक्ष हिरा उदास, संयुक्त बस व्यावसायी संघका उपाध्यक्ष रमेश भण्डारी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय सचिव भिम राई ज्वाला रहेका थिए भने परिषदका तर्फबाट परिषदका केन्द्रिय उपाध्यक्ष ज्ञानबहादुर गुरुङ, लिम्बुवान भोलेन्टियस्रका केन्द्रिय कमाण्डर फक्ताङलुङ योङहाङ, सुनसरी जिल्ला अध्यक्ष डम्बर खजुमलगायत सहभागी थिए । धनकुटामा परिषदका कार्यकर्तालाई लगाइएको मुद्दा खारेज गर्न यातायात व्याबसायी र परिषद दुबै पक्षले पहल गर्ने सहमतिसमेत भएको छ । सहमतिपछि धरानको भानुचोकमा परिषदले कोणसभा गरेको थियो । कोणसभामा परिषदका केन्द्रिय बरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङ्ले यातायात व्याबसायी र सर्वसाधारणको हितलाई ध्यानमा राखेर बन्द स्थगन गरेको बताए । उनले पक्राउ परेका आफ्ना कार्यकर्तालाई प्रशासनले विनाशर्त रिहा नगरे आन्दोलनले नयाँ रुप लिने बताए । यसैबीच धनकुटामा पक्राउ गरिएका लिम्बुवान कार्यकर्ता रिहाका लागि प्रशासनलाई दबाब दिन पूर्वाञ्चल यातायात व्याबसायी संघका अध्यक्ष हिरा उदासको संयोजकत्वमा छ सदस्यीय टोली गठन गरिएको छ । लिम्बुवान आन्दोलनको क्रममा पाँच दिनअघि धनकुटाबाट चन्द्रसिङ नेम्बाङ, इन्द्र रसाइँली, फौदसिङ चोङबाङ, संगम श्रेष्ठ; सुनसरीको इटहरीबाट तागेरा लिम्बू, विशाल कार्की, दुशन लिम्बू, सुवास श्रेष्ठ; मोरङको पथरीबाट अशोक चेम्जोङ, वीरबहादुर घिसिङ,प्रितम फागो, डिकबहादुर साँवा, सुवास कुरुम्बाङ, मछिन्द्र नाल्बो, सानुबाबा सुब्बालगायत पक्राउ परेका थिए । यातायात व्याबसायीसँग सहमति भए पनि परिषदले निर्वाचन आयोगले सञ्चालन गरेको फोटोसहितको मतदाता परिचय पत्रका लागि नामावली सङ्कलन कार्य सरकारले तत्काल रोक्नुपर्ने लिम्बुवान स्वायत्त राज्य निश्चित गर्नुपर्नेलगायत माग पूरा नभएसम्म पूर्व निर्धारित कार्यक्रमहरु भने जारी राख्ने जनाएको छ । - डीबी आङ्बुङ

No comments: