News

Feb 11, 2011

वायुसेवा निगमद्वारा अन्तर्राष्ट्रिय उडान थप

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल वायुसेवा निगमको मर्मतका लागि लगिएको दोस्रो विमान सञ्चालनमा आएपछि अन्तर्राष्ट्रिय उडान थप गर्न निगम सफल भएको छ । यसअघि हप्ताको ११ वटा अन्तर्राष्ट्रिय उडान भर्दै आएको निगमले त्यसलाई वृद्धि गरी २२ पुर्‍याएको छ । बिग्रिएको विमानको मर्मत स्पेनमा र इजरायलमा गरी आएपछि निगमले अन्तर्राष्ट्रिय उडानमा दोब्बर वृद्धि गरेको हो ।नेपाल पर्यटन वर्ष २०११ मा राष्ट्रिय ध्वजाबाहक विमानले अन्तर्राष्ट्रिय क्षेत्रमा भर्ने उडान निकै कम भएको गुनासो आएको थियो । नेपाली पर्यटन क्षेत्रबाट गुनासो आइरहेको बेला नयाँ विमान खरिद गर्ने प्रक्रिया तत्काल सुरु गर्न सफलता हासिल गर्न नसके पनि आफूसँग भएको विमानको अधिकतम उपयोग गर्न निगम सक्षम भएको हो । निगमको नयाँ विमान ल्याउने विषयमा भने अझै विवाद जारी रहेको छ ।उडान वृद्धिपछि दिल्लीमा प्रत्येक दिन उडान गरिने भएको छ भने क्वालालाम्पुरमा शनिबार बाहेक हप्तामा ६ दिन, हङ्कङ, दुवई, दोहा र बैङ्ककमा हप्ताको ३३ दिन उडान गरिने निगमले जनाएको छ ।निगमसँग भएका दुईवटा बोइङ ७५७ जेट विमानमध्ये विमान ९ एन एसीबीको इन्जिनको मोडुल ७ को आउटलेट गाइड भेनसमा रहेका ७० वटा भेनमध्ये दुईवटा क्र्याक देखिएकाले त्यसलाई मर्मत गर्न पठाइएको थियो ।

No comments: