News

Feb 10, 2011

कांग्रेसलाई सरकारमा सहभागी हुन प्रधानमन्त्रीको आहृवान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री झलनाथ खनालले सरकारमा सहभागी हुन नेपाली कांग्रेस सहितका दलहरुलाई आहृवान गर्नु भएको छ । प्रधानमन्त्री भएपछि पहिलो पटक बिहीबार संसदलाई सम्वोधन गर्दै खनालले आफ्नो नेतृत्वको सरकारलाई नै राष्ट्रिय सरकारको स्वरुप दिनु पर्नेमा जोड दिनुभयो । उहाँले बर्तमान सरकारमा नै राष्ट्रिय सरकारमा परिणत गर्न कांग्रेस सहितका दलहरुलाई सहभागी गराउन आफु लचकताका साथ प्रस्तुत हुने बताउनु भयो ।प्रधानमन्त्री खनालले आफु वाम र लोकतान्त्रिक धुवि्रकरणको पक्षमा नरहेको भन्दै दलहरुबीचको सहमतिमा जोड दिनुभयो । आफ्नो नेतृत्वको सरकारको प्रमुख प्राथमिकता शान्ति र संविधान निर्माण भएको भन्दै खनालले त्यसका लागि दलहरुबीच सहमति कायम गर्न सरकारले पहल गर्ने बताउनु भयो ।

No comments: