News

Feb 10, 2011

लिम्बुवानको आन्दोलनमा तामाङसालीङले साथ दिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/सिङमान तामाङ
२७ माघ २०६७, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्ले निवार्चन आयोगद्वारा कुबेलामा गरिएको संघीयताको उपहास गर्ने एकात्मक शैलीको फोटोसहितको मतदाता नामावली सङ्कलन कार्य विरुद्धमा अरुणपूर्व ९ जिल्ला लिम्बुवानको संवैधानिक घोषणाको मागसहित गरिरहेको शान्तिपूर्ण आन्दोलनप्रति सरकारले सम्बोधन गर्नुको साटो निर्मम दमन र धरपकड गरिरहेकोभन्दै माच सम्बद्ध तामाङसालीङ स्वायत्त राज्य परिषदको पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले निर्वाचन आयोगले गरेको फोटोसहितको मतदाता नामावली सङ्कलन कार्यको शुरुदेखि नै विरोध गर्दै आएमा सो आन्दोलनप्रति माचसम्बद्ध तामाङसालीङ स्वायत्त राज्य परिषदले विहीबार एक प्रेस विज्ञप्ति जारी गरी पूर्ण ऐक्यवद्धतासहित समर्थन गरेको छ ।तामाङसालीङ स्वायत्त राज्य परिषदका उपाध्यक्ष सिङमान तामाङ "ख्युङ्बा"द्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा भनिएको छ- "निर्वाचन आयोगद्वारा संघीयता र नयाँ संविधान बन्ने कार्यको उपहास गर्दै एकात्मक शैलीमा गरिरहेको उक्त कार्यको विरोध गर्दै मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले लिम्बुवानको ९ वटा जिल्लाहरुमा प्रत्येक दिन आधाघण्टा चक्काजाम गर्ने शान्तिपूर्ण आन्दोलन गरिहेको थियो । उक्त शान्तिपूर्ण आन्दोलनमा सहभागी भएका दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्ताहरुलाई माघ २१ गतेदेखि निरन्तर रुपमा धनकुटा सुनसरी र मोरङका विभिन्न ठाउँबाट त्यहाँको सीडीओ र डीएसपीको आदेशमा पक्राउ गरी सार्वजानिक मुद्दा लगाएकोप्रति मञ्चसम्बद्ध तामाङसालीङ स्वायत्त राज्य परिषद् घोर भर्त्सना र विरोध गर्दै सरकारको ध्यानाकर्षण गराउन चाहन्छ ।"साथै, तामाङसालीङ स्वायत्त राज्य परिषदले उक्त आन्दोलनमा थप क्षति हुन नदिई लिम्बुवानकॊ मागलाई सम्बोधन गर्दै पक्राउ गरिएका नेता तथा कार्यकर्ताहरुलाई लगाइएको झूटा मुद्दा अविलम्ब खारेज गरी विनासर्त तुरुन्त रिहाई गर्न सरकारलाई आग्रह गरेको छ । अन्यथा, मञ्चसम्बद्ध तामाङसालीङ स्वायत्त राज्य परिषद् पनि चरणवद्ध आन्दोलनमा उत्रन बाध्य हुनेसमेत जनाएको छ ।

No comments: