News

Feb 14, 2011

माओवादीसमेतको सहभागीतामा बनेको सरकार अमेरिका उत्साहित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादीसमेतको सहभागीतामा बनेको सरकारले नेपालको संविधान निर्माण शान्तिप्रक्रिया पुरा गर्न सफल हुने भन्दै अमेरिकाले आफु उत्साहित भएको बताएको छ । नेपाल भ्रमणमा रहेकी प्रजातन्त्र र विश्व मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री मारिया ओटेरोले सोमबार प्रधानमन्त्री झलनाथ खनालसँग भएको भेटमा सवैभन्दा ठूलो दल माओवादी सरकारमा आउँदा संविधान निर्माण र शान्ति प्रक्रिया सहजरुपमा अघि बढ्ने बिश्वास ब्यक्त गर्नुभएको हो । ‘माओवादी बाहिर रहेको भए शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रिया पुरा गर्न गाह्रो हुनसक्थ्यो । माओवादी सहितको सरकार बनेकाले यो प्रक्रियाले अब गति लिने हाम्रो विश्वास छ’-ओटेरोको भनाई उदृत गर्दै प्रधानमन्त्रीका विदेशमामिला सल्लाहकार मिलन तलुधारले भन्नुभयो ।
ओटेरोले शान्ति प्रक्रिया र संविधान निर्माणमा अमेरिकाको सहयोग गर्ने आश्वासन पनि दिनु भएको छ । जवाफमा प्रधानमन्त्री खनालले आफु राष्ट्रिय सहमतिको पक्षमा रहेको भन्दै दलहरुको सहमतिमै शान्ति र संविधान निर्माण प्रक्रिया अघि बढाउने बताउनुभयो । प्रधानमन्त्रीको कार्यालय सिंहदरवारमा झण्डै एक घण्टा कुराकानीमा ओटेरोले भुटानी शरणर्थी समस्या समाधानका लागि नेपाल र भुटानबीचको अवरुद्ध वार्ता प्रक्रिया थाल्न आग्रह गर्नुभयो । जवाफमा प्रधानमन्त्री खनालले आफ्नो नेतृत्वको सरकारले छिट्टै भुटानसंग वार्ता थाल्ने वताउनुभएको तुलाधरले अनलाइनखबरलार्इ जानकारी दिनुभयो । भुटानी समस्या समाधानबारे छलफल गर्न भन्दै ओटेरो भारत र भुटानको भ्रमणपछि शुक्रबार नेपाल आउनु भएको हो । ओटेरो नेपाल भ्रमण गर्ने ओबामा प्रशासनको अहिलेसम्मका उच्च अधिकारी हुनुहुन्छ ।
अमेरिकी उपविदेशमन्त्री ओटेरोले राजनीतिक नेता, वरिष्ठ सरकारी अधिकारी र नागरिक समाजका प्रतिनिधिहरूसँग भेट गर्ने कार्यक्रम रहेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । अमेरिकी उपविदेशमन्त्री ओटेरोले आइतबार नै प्रकोप जोखिम न्यूनीकरण गोष्ठीलाई समेत सम्बोधन गर्नु भएको छ ।

No comments: