News

Feb 14, 2011

८ हजार सर्वसारधाणद्वारा सामुहिक गिरफ्तारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सिलिगुडी, फाल्गुन २ - सुरक्षाकर्मीको धरपकड र दुर्व्यवहारको विरोध गर्दै ८ हजार वढी सर्वसारधाणले सोमवार सामुहिक गिरफ्तारी दिएका छन् । राज्य सरकारद्धारा परिचालित सीमा सुरक्षा वल र केन्द्रीय अर्ध सैनिक वलले सर्वसाधारणमाथि रातको समयमा आएर कुटपिट र लुटपाट समेत गरेको भन्दै सामुहिक गिरफ्तारी दिइएको हो । मोर्चाका महासचिव रोशन गिरीका अनुसार दार्जिलिङ, खर्साङ, मिरिक र कालिम्पोङका गाउँ गाउँबाट सर्वसाधारणले स्वतस्फुर्त गिरफ्तारी दिएका हुन् । गिरीले वंगाल सरकारको अत्याचारका विरुद्धमा सामुहिक गिरफ्तारी सुरु गरिएको बताए । यता ६ दिन देखि जारी अनिश्चितकालीन दार्जिलिङ वन्द अझै यथावत छ । मोर्चाले सर्वसाधारणको असुविधालाई मध्यनजर गर्दै एक दिनका लागि वन्द खोल्ने जनाएपनि सर्वसाधारणले नखोल्न आग्रह गरेपछि यथावत राखियो । मोर्चा महासचिव गिरीले भने,'सर्वसाधारणले निर्णयमा पुर्‍याएर मात्रै खोल्न आग्रह गरे, त्यसैले यथावत राखियो ।' मोर्चाले डुवर्समा भने दुई अघि नै वन्द खोलेका थियो ।
यसैवीच जारी गोर्खाल्याण्ड आन्दोलनलाई पूर्वोत्तरका नेपालीभाषिले साथ दिने भएका छन् । मोर्चाको उत्तरपूर्वी समन्वय समिति मेघालयका सचिव वीआर जोशीले गोर्खाल्याण्ड आन्दोलन निश्कर्षका पुर्याउन पूर्वोत्तरका नेपालीभाषिको साथ रहने बताए । उनले गोर्खाल्याण्डको निर्माणपछि पूर्वोत्तरका नेपालीभाषिले सुरक्षित महसुस गर्ने बताए । पूर्वोत्तर राज्यका विभिन्न नेपालीभाषि संघ संस्थाहरुले असमको गुवाहाटीमा गोर्खाल्याण्डको माग गर्दै बिहीवार धर्ना समेत दिएका थिए । पूर्वोत्तर भारतको असम, मेघालय, मिजोराम, नागाल्याण्ड, अरुणान्चल, मणिपुर, त्रिपुरालगायतका क्षेत्रमा २७ लाख वढी नेपालीभाषि वसोवास गर्दै आएका छन् ।

No comments: