News

Feb 11, 2011

बस दुर्घटनामा २८ यात्रु घाइते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरी हरिपुरमा शुक्रबार दिउसो यात्रुबाहक बस दुर्घटना हुँदा २८ जना यात्रु घाइते भएका छन्। विराटनगरबाट गाईघाटका लागि गुडेको वा २ ख १९९३ नम्बरको बसको अगाडिको चक्का पन्चर भएर दुर्घटना हुदाँ सोही बसमा सवार यात्रु घाइते भएका हुन। बस दुर्घटनामा परी खोटाङ् ६० वर्षीय बलवहादुर कार्की सिकिस्त घाइते भएका छन्। अन्य यात्रुको अवस्था सामान्य छ।
घाइतेमध्ये १० जनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, ६ जनाको न्युरो अस्पताल विराटनगर र बाँकीको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

No comments: