News

Feb 9, 2011

डुवर्स र दार्जिलिङमा वुधवार विहानदेखि सेना परिचालन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सिलिगुडी, माघ २६ - वंगाल सरकारले डुवर्स र दार्जिलिङमा वुधवार विहानदेखि सेना परिचालन गरेको छ । गोर्खा जनमुक्ति मोर्चाको शान्तिपुर्ण आन्दोलनमा प्रहरीको गोलीवाट मंगलवार दुई कार्यकर्ताको मृत्यु भएपछि दार्जिलिङ र आसपासका क्षेत्रमा हिंसा भडि्कएको भन्दै सरकारले सेना परिचालन गरेको हो । सेना परिचालनपछि डुवर्समा पुन झडपको सम्भावना गरेको स्थानीय पत्रकार रुद्र कार्कीले बताए । दार्जिलिङका जिल्ला प्रशासक मोहन गान्धीले थप हिंसा हुन नदिन सेना तैनाथ गरिएको बताए । डुवर्स घटना लगत्तै मोर्चा कार्यकर्ताले दार्जिलिङका विभिन्न स्थानमा विध्वस शुरु गरेका थिए । डुवर्सको सिप्सुमा मंगलवार केन्द्रीय अर्धसैनिक वल (सीआरपीएफ) को गोलीवाट विमला राई र विकी लामाको मृत्यु भएको थियो । यसैवीच डुवर्स घटनाको विरोधमा मोर्चाले आज देखि आव्हान गरेको अनिश्चितकालीन दार्जिलिङ डुवर्स र तराई वन्द आव्हान गर्यो । दार्जिलिङ र डुवर्स वन्दको पुर्ण प्रभाव परेको छ भने सिलिगुडीमा यसको आशिंक प्रभाव परेको छ ।

No comments: