News

Feb 12, 2011

अमेरिकी उपविदेशमन्त्री तीन दिने नेपाल भ्रमणमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रजातन्त्र र विश्व मामिला हेर्ने अमेरिकी उपविदेशमन्त्री मारिया ओटेरो तीनदिने भ्रमणमा शनिबार काठमाडौं आएकी छिन् । भारत, भुटान हुँदै काठमाडौं आएकी ओटेरोको भ्रमणका क्रममा नेपालमा भुटानी र तिब्बती शरणार्थीको अवस्था, भूकम्पीय जोखिमबाट पर्नसक्ने प्रभाव र द्विपक्षीय सम्बन्धबारे कुराकानी हुने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । उनले नेपाल आउनुअघि शरणार्थीबारे भुटानी प्रधानमन्त्री जिग्मे वाई थिन्लेसँग कुराकानी गरेकी थिइन् ।
अमेरिकाले तेस्रो देश पुनस्र्थापनाअन्तर्गत ४० हजार शरणार्थी आफ्नो देश लाने बताइसकेको छ । ओटेरोले संयुक्त राष्ट्रसंघ र अमेरिकी दूतावासको सहकार्यमा सरकारले आयोजना गर्ने "सचेत बनौँ, तयार रहौँ : अन्यत्रका भूकम्पबाट सिकिएका पाठहरूको कार्यान्वयन गरौँ" नामक प्रकोप जोखिम न्यूनीकरण गोष्ठीलाई सोमबार सम्बोधन गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा ओटेरोले राजनीतिक दलका नेता, वरिष्ठ सरकारी अधिकारी र नागरिक समाजका प्रतिनिधिसँग भेट्ने कार्यक्रम तय भएको छ ।

No comments: