News

Feb 12, 2011

माओवादिले जनयुद्व दिवस बिभिन्न कार्यक्रम गरि मनाउदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादीले १६औँ जनयुद्ध दिवस चियापान र दीपावली गरेर देशभर मानाउने भएको छ । शान्तिप्रक्रियामा आएपछि पनि माओवादील १ फागुनलाई जनयुद्ध दिवसका रूपमा मनाउँदै आएको छ । जनयुद्ध दिवस मनाउने क्रममा माओवादीले आइतबार दिउँसो २ बजे काठमाडौंको रत्नपार्कमा चियापान गर्ने भएको छ । साँझ ६ बजे भने उपत्यकाका १२ ठाउँमा दीपावली गरिने तयारी भएको छ । यसका लागि विभिन्न भ्रातृसंगठन र मोर्चालाई जिम्मेवारी दिइएको माओवादीले जनाएको छ ।माओवादीको शुक्रबार बसेको स्थायी समिति बैठकले देशभर जनयुद्ध दिवस मनाउने निर्णय गरेको हो । रोल्पामा भव्यताका साथ जनयुद्ध दिवस मनाउने माओवादी तयारी छ ।

No comments: