News

Feb 10, 2011

तीन जना नेताहरुलाई नयाँ मन्त्रीको रुपमा नियूक्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा माओवादीसँग मन्त्रालय बाँडफाँडको विषयमा कुरा मिल्न नसकेपछि प्रधानमन्त्री झलनाथ खनालले पार्टीको तर्फबाट तीन जना नेताहरुलाई नयाँ मन्त्रीको रुपमा नियूक्त गर्नु भएको छ । प्रधानमन्त्री खनालले पार्टीका तर्फबाट स्थायी समिति सदस्य भरतमोहन अधिकारीलाई उपप्रधानमन्त्रीमा सचिव विष्णु पौडेल र पोलिटब्यूरो सदस्य गंगालाल तुलाधारलाई विना विभागीय मन्त्रीको रुपमा नियूक्त गर्नुभएको भएको हो । नव नियूक्त मन्त्रीहरुको आजै पद तथा गोपनीयताको सपथ ग्रहणसमेत गरिसकेका छन् ।अघिल्लो सरकारले अध्यादेश मार्फत ल्याएको बजेटको समय सकिएकोले आजको संसदको बैठकमा आर्थिक अध्यादेश विधेयक पेश गर्न विनाविभागिय मन्त्रीमा नियूक्त गर्नु परेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्रीले माओवादीलाई सरकारमा सहभागी गराउन सहमति जुटाउने बाटो खुल्ला राख्न विनाविभागीय मन्त्रीको रुपमा नियूक्ती गर्नु भएको बताईएको छ ।यसअघि पौडेललाई गृह अधिकारीलाई अर्थ र तुलाधारलाई शिक्षा मन्त्रीमा नियूक्त गर्ने तयारी भएको थियो ।

No comments: