News

Feb 10, 2011

भारतको डुवर्स गोलीकाण्डका एक घाइतेको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सिलिगुडी, माघ २७ - भारतको डुवर्स गोलीकाण्डका एक घाइतेको मृत्यु भएको छ । सुरक्षाकर्मीको गोली लागि घाइते भएकी कालिम्पोङकी २२ वर्षीया नीता खवासको बुधबार दिउँसो मृत्यु भएको हो ।कालिम्पोङ महकुमा अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालका मेडिकल अधिकृत एसआर प्रधानलाई उद्धृत गर्दै त्यहाँका पत्रकार अरुण घतानीले जनाए ।उनको मृत्युसँगै डुवर्स गोलीकाण्डमा मारिनेको संख्या तीन पुगेको छ । अस्पतालका अनुसार घटनाका चार जना गम्भीर घाइतेलाई बुधबारै दार्जिलिङ 'रेफर' गरिएको छ । मोर्चाले भने खवासको मंगलबारै मृत्यु भएको दाबी गरेको थियो ।

No comments: