लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डीबी आङ्बुङ
१८ माघ २०६७,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले पहिले संघीय लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्ष नेपालअर्न्तर्गत अरुणपूर्व नौ जिल्ला लिम्बुवान स्वायत्त राज्यको सुनिश्चिता गरेर मात्र मतदाता नामावली सङ्कलन गरिनुपर्ने माग दोहोर्याउँदै चरणवद्व आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । निर्वाचन आयोगले नेपालको अन्तरिम संविधानमा उल्लेख भइसकेको संघीयता र संविधान सभाको उपहास गर्दै एकात्मक राज्यसत्तालाई निरन्तरता दिनको लागि जबरजस्ति लिम्बुवानमा मतदाता नामावली सङ्कलन कार्य अघि बढाइरहेको भनेर निर्वाचन आयोगको संविधान र संघीयता विरोधी सो कार्यप्रति मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले घोर आपत्ति र विरोध गर्दै मतदाता नामावली सङ्कलन कार्य तुरुन्त रोकियोस भनी माग गरिएको छ ।मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङ्देन 'मिराक' द्वारा हस्ताक्षरित एक प्रेस-विज्ञप्तिमा निर्वाचन आयोगले संविधान र संघीयताको उपहास गरेको विरुद्धमा सो परिषदले विभिन्न आन्दोलनका कार्यक्रमहरूसमेत सार्वजनिक गरेको छ ।सार्वजनिक आन्दोलनहरुमा २०६७ माघ १९ गतेदेखि अरुण-सप्तकोशीपूर्वका नौ जिल्लाहरूमा प्रत्येक दिनको १:००देखि १:३० बजेसम्म आधाघण्टा चक्काजाम गर्ने; कालो झण्डा प्रदर्शन गर्दै अरुणपूर्वका नौ जिल्लाका प्रत्येक गा. वि. स. र चोकहरूमा प्रमुख निर्वाचन आयुक्तको पुत्ला दहन गर्ने; नौ जिल्लाका एमाओवादी, एमाले र कांग्रेसका जिल्ला अध्यक्षहरूलाई मतदाता नामावली सङ्कलन कार्य रोक्न सुझाव-पत्र दिने र एकात्मकवादीहरूले दमन गरेमा अनिश्चितकालीन लिम्बुवान आम हड्ताल गर्ने जनाइएको छ ।
No comments:
Post a Comment