News

Feb 12, 2011

खेल प्रशिक्षकहरु आफ्नो हक अधिकारको लागी आन्दोलनमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
खेल प्रशिक्षकहरु आफ्नो हक अधिकारको लागी आन्दोलनमा उत्रिएका छन् । राष्ट्रिय खेलकुद परिषद अन्तर्गत रहेर प्रशिक्षणमा संलग्न मुलुकभका ७५१ जना करार तथा मासिक ज्यालादारीमा कार्यरत प्रशिक्षकहरुले आफूहरुलाई स्थायी गर्नु पर्ने माग राख्दै आन्दोलनको घोषणा गरेका हुन् । आफूहरुलाई स्थायी गर्नु पर्ने माग सहित उनीहरुले विद्यालय स्तरमा खेलकुद अनिवार्य गर्नुपर्ने, खेलकुदबाट राजनीतिक हस्तक्षेपको अन्त्य गर्नु पर्ने, खेलसामग्री उपलब्ध गर्नु पर्ने, लगायतका १० सुत्रिय माग राख्दै आन्दोलनको घोषणा गरेको राष्ट्रिय करार कर्मचारी संघर्ष समितिका संयोजक काजीमान श्रेष्ठले जानकारी दिनुभयो । घोषित आन्दोलनको कार्यक्रममा फाल्गुन १७ गते दुई घण्टा खेलकुद परिषदमा तालाबन्दी गर्ने, १८ गते चार घण्टा तालाबन्दी गर्ने, १९ गते छ घण्टा तालबन्दी गर्ने र २० गतेदेखि अनिश्चितकालिन रुपमा देशब्यापीरुपमा खेलकुद सम्बद्ध निकाय बन्द गराउने रहेका छन् । राष्ट्रिय स्वयम सेवक सहायक प्रशिक्षक संघर्ष समितिका संयोजक रामकुमार थारुले यति गर्दा पनि आफूहरुको मागमा सुनवाई नगरिए चक्क जामदेखि बन्द सम्मका कार्यक्रमहरु आयोजना गर्ने चेतावनी पनि दिनुभयो ।

No comments: