News

Feb 9, 2011

प्रधानमन्त्री झलनाथ खनाल कम्बोडियाको भ्रमणमा जाने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नयाँ प्रधानमन्त्रीले भ्रमणका लागि नयाँ बाटो रोजेका छन् । नेपालको चौथो कम्युनिष्ट प्रधानमन्त्री झलनाथ खनाल भने कम्बोडियाको भ्रमणमा जाने भएका छन् । 'परिस्थितिले मलाई कस्तो ठाउँमा पुर्‍याउँछ । म अर्कै देशको भ्रमणमा पनि जान सक्छु,' प्रधानमन्त्री खनालले बिबिसीसँग भन्नुभयो, 'मेरो अहिलेसम्मको इन्फरमेशनले मलाई के बाध्य गर्न सक्छ भने पहिलो मेरो भ्रमण कम्बोडिया जान सक्छु ।' खनालले आफूलाई लामोसमय द्वन्द्वग्रस्त रहेको कम्बोडिया हेर्न मन लागेको पनि खुलाए । ‘अहिले त्यो द्वन्द्वग्रस्त मुलुक, द्वन्द्वलाई समाधान गरेर, रुपान्तरण गरे विकाश निर्माणमा नयाँ उचाई पाएको छ । त्यो मुलुक निकै तीब्र गतिले विकाश गरिरहेको छ,’ उनले भने, ‘अहिले त्यो मुलुक पनि हेर्न मन लागेको छ । आइक्यापले पनि त्यहिँ द्वन्द्व व्यवस्थापनसम्बन्धि कार्यक्रम पनि आयोजना गरेको छ । त्यसैले त्यहाँ जान सक्ने सम्भावना छ ।’

No comments: