News

Feb 9, 2011

१९ मन्त्रालय माओवादी-एमालेलाई, बाँकी ७ अन्यलाई

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ २६ - मन्त्रालय बाँडफाटमा सहमति जुटाउन गठित एमाले-माओवादी कार्यदलले बुधबार पनि मन्त्रालय बाँडफाट टुंगो लगाउन सकेन । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा ठोस सहमति हुन नसकेको कार्यदल सदस्यहरुले जानकारी दिएका छन् । बैठक सकारात्मक भए पनि दलभित्र आन्तरिक छलफल आवश्यक भएकाले पुनः बुधबार नै बैठक बस्ने माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए । एमालेले आन्तरिक छलफल गरेपछि शीर्ष तहमा मन्त्रालय बाँडफाटबारे बैठक बस्ने श्रेष्ठले जानकारी दिए । शक्तिशाली मन्त्रालय बाँडफाटबारे कार्यदलमा सहमति नभएपछि त्यसको जिम्मा शीर्ष नेताहरुलाई दिएको उनले बताए । बैठकमा ७ वटा मन्त्रालय अन्य दललाई दिएर बाँकी १९ मन्त्रालय माओवादी-एमालेले बाँड्ने सहमति भएको कार्यदल सदस्य एवं माओवादी प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए । कार्यदलले गृहमन्त्रालयमा भने सहमति जुटाउन नसकेको शर्माले बताए ।

No comments: