News

Apr 1, 2010

आप्पा शेर्पाले फेरि सगरमाथा चढ्ने घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथाको १९औँ पटक सफल आरोहण गरेका आप्पा शेर्पाले फेरि सगरमाथा चढ्ने घोषणा गरेका छन् ।नेपाल पर्यटन बोर्डले बिहीबार यहाँ आयोजना गरेको पत्रकारसम्मेलनमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री शरतसिंह भण्डारीले सगरमाथाको चुचुरोबाट पर्यटनवर्ष २०११ को सन्देश विश्वभर फैलाउन “नेपाल पर्यटनवर्ष-२०११” झण्डा हस्तान्तरण गर्नुभयो ।आरोहण दललाई शुभकामना दिदैँ मन्त्री भण्डारीले सरकारले सगरमाथालाई सफा राख्न उच्चस्तरिय कार्यदल गठन गरिएको र सोही अनुसार नीति तथा कार्यक्रम ल्याइने बताउनुभयो ।त्यस अवसरमा उहाँले खेलकुद र वातावरणको क्षेत्रमा योगदान पुर्‍याएवापत आरोही दावास्टेभेन शेर्पालाई “खेलकुद र वातावरणका लागि अन्तरराष्ट्रिय ओलम्पिक कमिटी” पुरस्कार प्रदान गर्नुभयो ।आगामी वैशाख ७ गते “इको एभेरेष्ट एक्सपिडिसन-२०१०” नाम दिएर आरोहण थाल्ने आप्पाको आरोहण दलमा संलग्न १७ जना नेपाली सदस्यमध्ये दावा पनि एक हुन् ।आरोही आप्पाले नेपाल पर्यटनवर्ष-२०११ को सन्देश विश्वभर फैलाउन, सगरमाथाको फोहर सङ्कलन गर्न, र २० औं पटक सगरमाथा शिखरमा पुगेर आफ्नै कीर्तिमान भङ्ग गर्न पुनः आरोहणमा निस्कने जानकारी दिनुभयो ।

No comments: