News

Apr 1, 2010

बेलायतले सबैखाले भिसाको शुल्क बढायो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत १९,बेलायतले आउदो मंगलबारदेखि लागू हुने गरी सबैखाले भिसाको शुल्क बढाएको छ। विद्यार्थीले पाउने टायर फोर भिसाको शुल्क सबै भन्दा धेरैले बढाइएको छ। बेलायतको संसदले पारित गरेको नयाँ शुल्क अनुसार त्यहाँ जान चाहनेले अब औशतमा २ दशमलब ५ प्रतिशत बढी भिसा शुल्क बुझाउनुपर्ने छ।भिसा प्रक्रियालाई सरल बनाउन शुल्क वृद्धि गरिएको नेपालस्थित बेलायती राजदूतावासद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। विज्ञप्तीमा जनाइए अनुसार नयाँ भिसा शुल्क भिसा प्रक्रिया पूरा गर्न लाग्ने लागत बराबर र कतिपयमा त्यो भन्दा पनि कम नै रहेको छ।छोटो समय र भ्रमणको भिसा शुल्क ६७ बाट बढाएर ६८ पाउन्ड स्टर्लिङ बनाइएको छ। टायर एक (लगानीकर्ता, व्यवसायी) भिसा शुल्क ६ सय ७५ पाउन्डबाट ६ सय ९० पुर्‍याइएको छ। त्यस्तै टायर दुई (दक्ष कामदार) को भिसा शुल्क २ सय ६५ बाट बढाएर २ सय ७० पाउन्ड पुर्‍याइएको छ। पाँच वर्षे मल्टिपल इन्ट्री भिसा शुल्क ४ सयबाट ४ सय २० पाउन्ड पुगेको छ। १० वर्षे भिसा शुल्क ५ सयबाट ६ सय १० पाउन्ड पुगेको छ।टायर फोर विद्यार्थी भिसाको शुल्क १ सय ४५ पाउन्डबाट १ सय ९९ पुर्‍याइएको छ।

No comments: