News

Apr 3, 2010

प्रधानमन्त्रीविरुद्ध हस्ताक्षर अभियान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०३ अप्रिल,२०१०,प्रमुख सत्तारुढ दल एमालेमा फेरि सरकारको नेतृत्व परिवर्तनका बिषयमा भाँडभैलो मच्चिएको छ । एमालेका सभासदहरुले प्रधानमन्त्री माधवकुमार नेपालको राजीनामा माग गर्दै संसदीय दलमा प्रस्ताव लैजाने तयारी गरिरहेका छन् । प्रधानमन्त्री नेपालविरुद्ध सभासदहरुले हस्ताक्षर संकलन अभियान समेत शुरु गरिसकेको बताइएको छ ।
पार्टी अध्यक्ष झलनाथ खनाल पक्षका सभासदहरुले प्रधानमन्त्रीविरुद्ध हस्ताक्षर अभियान शुरु गरेको बताइएको छ । पार्टीका वरिष्ठ नेता नेपालले नेतृत्व गरेको सरकार भए पनि शान्ति प्रक्रिया टुँगोमा पु¥याउन र समयमा नै संविधान निर्माण गर्न सरकार असफल भएको भन्दै खनाल पक्षका सभासदहरुले हस्ताक्षर अभियान शुरु गरेका हुन् ।
आफ्नाविरुद्ध हस्ताक्षर अभियान शुरु भएको सुईंको पाएपछि प्रधानमन्त्री नेपालले आफू निकटका केही सभासद तथा मन्त्रीहरुसँग छलफल शुरु गरिसक्नु भएको छ । प्रधानमन्त्री नेपाल कुनै पनि हालतमा राजीनामा दिने पक्षमा भने नभएको समाचारस्रोतले जनाएको छ ।
अध्यक्ष खनाल आफ्नै पार्टीको नेतृत्वको सरकार ढाल्न सक्रिय रहेपछि एमालेका नेताहरुमा तीब्र विवाद देखिएको छ । एमालेका वरिष्ठ नेताहरु नै एक अर्कोलाई आरोप प्रत्यारोपमा उत्रिएका छन् । पार्टीमा विकसित भएको पछिल्लो घटनाक्रमबाट छलफल गर्न एमालेको केन्द्रीय तथा स्थायी समितिको बैठक भोलि आइतबार बस्दैछ ।

No comments: