लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लिमा, चैत २१ - पेरुको एक गाउँमा पहिरो जाँदा २० जनाको मृत्यु भएको छ भने १ सय २० भन्दा बढी घरहरु ध्वस्त भएका छन्। हउन्को क्षेत्रमा गएको पहिरोमा अझै २५ भन्दा बढी हराइरहेका छन्। हराएका मानिसहरुको खोजी भइरहेको छ।
सरकारले आपतकालीन टोलीलाई घटनास्थलतर्फ पठाइसकेको जनाएको छ। बिहीबारमात्रै पहिरोमै परी ५ को मृत्यु भएको थियो। पेरुमा गएको आजको पहिरो एकसाता भित्रको दोस्रो विपत्ती हो। पछिल्लो पटकको पहिरोमा परी ५० मानिस घाइते भएका छन्। लगातारको वर्षापछि गएको पहिरोले यस्तो क्षति पुर्याएको हो। समाचार एजेन्सी एएफपीले गाउँलेहरुलाई उदृत गर्दै सयौंको संख्यामा मानिसहरु हराइरहेको जनाएको छ।

No comments:
Post a Comment