लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालगन्ज, चैत २०,विभिन्न भूमिगत सङ्गठनले भारतमा बसेर नेपालमा चन्दा माग्ने तथा विभिन्न आपराधिक क्रियाकलाप बढाइरहेका बेला बाँके प्रहरीले नेपाल-भारतको सिमाना जमुनाहामा सिसी टिभी राख्ने भएको छ। चन्दा माग्ने र व्यापारी धम्क्याउनेलाई पनि चाँडै समातिने प्रहरीले जनाएको छ। अधिकांश भूमिगत सङ्गठनका अगुवा भारतमा लुक्ने गरेको पाइएपछि अपराध रोकथामका लागि सिसी टिभी प्रभावकारी हुने प्रहरीले आशा गरेको छ। हालै बाँकेमा सरुवा भइआएका प्रहरी उपरीक्षक महेशविक्रम शाहले नेपालगन्जलाई सुरक्षित राख्ने विभिन्न योजनामध्ये नाकामा सिसी टिभी राख्दा उपयुक्त हुने धारणा राखे।
No comments:
Post a Comment