लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
५ अप्रिल, २०१०,नेकपा एमाले, भक्तपुरमा प्रभावशाली नेता केपी शर्मा ओली पक्षधरहरुले पकड जमाएका छन् । भक्तपुर एमालेको आइतबार राती सम्पन्न अधिवेशनमा राजेन्द्र राजथला जिल्ला समितिको अध्यक्ष पदमा निर्वाचित भएका छन् । उनी ओली पक्षधर मानिएका छन् । अध्यक्षका अर्का प्रत्याशी झलनाथ खनाल पक्षधर सोम मिश्रले भने नौ मतको अन्तरमा पराजय भोग्नु परेको छ । व्यापक विवाद र तनावका बीच सम्पन्न अधिवेशनमा जिल्ला समितिका अधिकांश पदमा ओली पक्षधर निर्वाचित भएका छन् । खनाल पक्षधरहरुले भने ओली पक्षले धाँधली र गुण्डागर्दी गरेको आरोप लगाएका छन् । आइतबार राती मतगणना भईरहँदा दुइ पक्षमा विभाजित कार्यकर्ताहरुबीच हात हालाहाल समेत भएको थियो ।

No comments:
Post a Comment