लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०४ अप्रिल,२०१०,व्यवस्थापिका संसदको हिउँदे अधिवेशन आज आइतबारदेखि शुरु हुँदैछ । अधिवेशनमा सरकारले तयार पारेका विधेयकहरुका बारेमा छलफल हुने भएको छ ।
दिउँसो ४ बजे बस्ने अधिवेशनमा सभाध्यक्ष सुभाष नेम्वाङले संसद अधिवेशन आह्वानपत्र पढेपछि नेपाली काँग्रेसका सभापति एवं सभासद गिरिजाप्रसाद कोइरालाको निधनप्रति शोकप्रस्ताव पारित गरिने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।
शान्ति प्रक्रिया र संविधान निर्माण अनिश्चित बनिरहेका बेलामा संसदको हिउँदे अधिवेशन शुरु हुन लागेको हो । अधिवेशनमा सरकारले विपक्षी दलहरुको कडा सामना गर्नुपर्ने अवस्था देखिएको छ । प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादी र मधेसी जनअधिकार फोरम अधिवेशनमा सरकारविरुद्ध कडा रुपमा प्रस्तुत हुने तयारीमा जुटेका छन् ।

No comments:
Post a Comment