News

Apr 11, 2010

योजना आयोगको उपाध्यक्षमा पोखरेल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
११ अप्रिल, २०१०,मन्त्री परिषद्को आज सिंहदरबारमा बसेको बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा जगदीशचन्द्र पोखरेललाई नियुक्त गरेको छ । सत्ता साझेदार दलहरुबीच भएको सहमति अनुसार नेपाली कांग्रेसको तर्फबाट पोखरेल उपाध्यक्ष नियुक्त भएक हुन्। आजको बैठकमा मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको गठन तथा कार्यसञ्चालन कार्यविधि २०६६ लाई सैद्धान्तिक सहमति पनि प्रदान गरेको छ ।
यस्तै संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय (यूएनओएचसीआर) कार्य समितिको सदस्यमा नेपालको तर्फबाट त्रिलोचन उप्रेतीलाई मनोनयन गर्ने निर्णय गरेको छ। बैठकले ग्रामीण पहुँच तथा विकेन्द्रीकरण आयोजनाका लागि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)बाट अनुदान प्राप्त गर्नका लागि सम्झौंता गर्न अर्थ मन्त्रालयलाई स्वीकृति दिएको छ।जनक शिक्षा सामाग्रीका प्रवन्धक सञ्चालकलाई विभागीय कारबाही गर्न सम्बन्धित मन्त्रालयलाई अनुमति दिएको छ।
जनसंख्यासम्बन्धी दीर्घकालिन योजनाका लागि सैद्धान्तिक सहमति गरी समितिमा लगेर छलफल गर्ने निर्णय गरेको छ। कर्मचारी सञ्चय कोषको अध्यक्षमा सचिव माधव पौडेललाई नियुक्त गरिएको छ। विष्णुकुमार अग्रवाललाई चेक गणतन्त्रको अवैतनिक वाणिज्यदुत बनाउने निर्णय गरेको छ। नुरप्रताप जबरालाई अफ्गानिस्तानको अवैतनिक वाणिज्यदुत बनाउने सहमति प्रदान गरेको छ। सैनिक हवाई महानिर्देशानालय खडा गर्नेसम्बन्धी सैद्धान्तिक सहमति दिएको छ।यस्तै सार्वजनिक लेखा समितिले एमआरपी छपाइका सम्बन्धमा मन्त्रिपरिषद्लाई पठाएको पत्रलाई ध्यान दिँदै छलफल गरेर आवश्यक निर्णय गर्न आजै बेलुकी आठ बजे पुन मन्त्रिपरिषद्को बैठक डाकिएको छ ।

No comments: