News

Apr 11, 2010

माओवादीले बन्दमा गाडी चल्न दिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
११ अप्रिल,२०१०,एकीकृत माओवादीले मेशिन रिडेवल पासपोर्ट (एमआरपी) भारतमा छाप्न दिने सम्झौता राष्ट्रघाती भएको भन्दै भोलि आह्वान गरेको नेपाल बन्दमा अत्यावश्यक सवारी साधनलाई भने चल्न दिइने जनाएको छ । भोलि बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म आह्वान गरिएको बन्द अवधिभर पत्रकार, कुटनीतिक नियोग, मानवअधिकारवादी संघसंस्थाका सवारी साधन, स्वास्थ्य एवं एम्बुलेन्स आवतजावतमा कुनै बाधा व्यवधान खडा नगरिने एकीकृत माओवादीका प्रवक्ता दीनानाथ शर्माले विज्ञप्तिमार्फ जनाउनुभएको छ ।

No comments: