लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०३ अप्रिल,२०१०, एमाले अध्यक्ष झलनाथ खनालले पार्टीभित्रैबाट सरकार परिवर्तनबारे हस्ताक्षर थालिएको कुरालाई अस्वीकार गरेका छन् । उनले आज भक्तपुरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै भने– त्यो मिडियाले फैलाएको हल्ला मात्र हो । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा एकीकृत माओवादीले सरकार परिवर्तनबारे कुनै प्रस्ताव नल्याएको खुलासा समेत उनले गरे । माओवादीले शुक्रबार बसेको संयन्त्रको बैठकमा सरकार परिवर्तनबारे प्रस्ताव राखेको चर्चा भएको थियो । उनले शुक्रबारको बैठकमा राज्य पुनर्संरचनाबारे मात्र छलफल भएको दावी गरे ।
No comments:
Post a Comment