News

Apr 3, 2010

नेपाली ब्रीटिश सेनाको सम्मान गीतकार समाजले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विदेशमा गएर विभिन्न पेसामा आबद्ध रही नेपाली भाषा र साहित्यलाई समेत एकसाथ समेटेर लैजाने व्यक्तिसँग संवाद गर्ने उद्देश्यले आदिवासी गीतकार समाजले शुक्रबार घरदेश-परदेश सर्जक संवादको आयोजना गर्‍यो ।कार्यक्रममा बेलायतमा ब्रीटिश सेनामा रही नेपाली साहित्य फाँटमा क्रियाशील रहेका तीनजना सर्जकको उपस्थिति थियो ।कार्यक्रममा राष्ट्रिय गानका सर्जक व्याकुल माइलाले ती सर्जकलाई भादगाउँले टोपी लगाई सम्मान गर्नुभएको थियो ।सो अवसरमा विदेशबाट आएका नेपाली सर्जक मिजास तेम्बे, ईश्वर चाम्लिङ र मिलन चाम्सले समाजले आयोजना गरेको सो कार्यक्रम एकआपसमा बुझ्ने सुनौलो चौतारी भएकामा खुसी व्यक्त गरे ।कार्यक्रमका सहआयोजक किराँत राई लेखक सङ्घका अध्यक्ष प्रकाश राईले विदेशमा रही नेपाली साहित्य सिर्जनामा लागेका सर्जकलाई जातीय मुक्तिका बारेमा समेत लेख्न आग्रह गर्नुभयो ।

No comments: