News

Apr 12, 2010

विशेष समितिमा मतभेद बढेपछि बैठक स्थगित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१२ अप्रिल, २०१०,अस्थायी शिविरका रहेका माओवादी लडाकुहरुको रेखदेख पुनःस्थापना तथा समायोजन विशेष समितिले आज गर्ने भनिएको ठूला ६ दलका शीर्ष नेताहरुसँग छलफल स्थगित भएको छ ।
प्रधानमन्त्री माधवकुमार नेपालको व्यस्तताका कारण बैठक स्थगित भएको बताइए पनि मुख्य एजेण्डा नै नभएपछि छलफल स्थगित गरिएको स्रोतले बताएको ५ । सिंहदरबारमा बोलाइएको बैठकमा माओवादी लडाकुको समायोजन र पुनःस्थापनाका बिषयमा कायम मतभेदका बिषयमा छलफल हुने बताईएको थियो । विशेष समितिमा प्रतिनिधित्व गर्ने एकीकृत नेकपा माओवादी नेपाली काँग्रेस नेकपा एमाले मधेसी जनअधिकार फोरम लोकतान्त्रिक मधेसी जनअधिकार फोरम नेपाल र तराइमधेस लोकतान्त्रिक पार्टीका शीर्ष नेतृत्वलाई बैठकमा बोलाइएको थियो ।

No comments: