News

Apr 2, 2010

संयन्त्र बैठकमा सरकार परिवर्तनको प्रस्ताव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०२ अप्रिल,२०१०,एकीकृत माओवादीले सरकार परिवर्तनसम्बन्धी औपचारिक प्रस्ताव राखेपछि उच्चस्तरीय राजनीतिक संयन्त्रको आज बसेको बैठक बिना निष्कर्ष टुँगिएको छ । एमाले संसदीय दलको कार्यालयमा आज बसेको संयन्त्रको बैठकमा एकीकृत माओवादीले वर्तमान सरकार परिवर्तन गरी नयाँ राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने प्रस्ताव गरेपछि बैठक बिना निष्कर्षटुँगिएको थियो ।
सरकार परिवर्तन गर्ने माओवादी प्रस्तावलाई काँग्रेस र एमालेले अस्वीकार गरेको बताइएको छ । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले आजको बैठकमा राज्य पुर्नर्संरचना आयोग गठन गर्ने बारेमा माओवादीले आनाकानी गरेको बताउनुभयो ।

No comments: