News

Apr 2, 2010

बहुविवाह गर्ने जोडीलाई एक वर्ष जेल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दोलखा, चैत २०- बहुविवाह गर्ने एक जोडीलाई दोलखा जिल्ला अदालतले एक वर्ष कैद सजायको फैसला सुनाएको छ। बहुविवाह गर्ने भीमेश्वर नगरपालिका-२ का शैलेन्द्र जोशी र निशा राजभण्डारीलाई अदालतले जनही एक वर्ष कैद तथा ५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको हो। न्यायाधीश रामचन्द्र राईको इजलाशले मुलुकी ऐन विवाहबारीको महलको १० नं. बमोजिम कसुरमा सोही नं. बमोजिमको सजाय सुनाएको हो। फैसलामा जेठी श्रीमती छ भन्ने थाहा हुँदाहुँदै विवाह गरेकाले कान्छी श्रीमती राजभण्डारीलाई समेत सजाय सुनाइएको उल्लेख छ। उनीहरुविरुद्ध जेठी श्रीमती सुशीला श्रेष्ठको तर्फबाट जिल्ला न्यायाधिवक्ताको कार्यालयले गत वर्षको साउन २९ गते मुद्दा दायर गरेको थियो।मुद्दा दायर भएलगत्तै जोशी पक्राउ परे पनि धरौटीमा छुटेका थिए। उनको मुद्दाको फैसला डेढ वर्षपछि भएको हो। जोशीले २०५५ सालमा जाहेरवाला जेठी श्रीमतीसँग बिवाह गरेका थिए। उनले गत वर्षदेखि राजभण्डारीलाई श्रीमतीका रुपमा राखेपछि सुशीलाले पति र निशाविरुद्ध मुद्दा दायर गरेकी थिइन्।दोलखा जिल्ला अदालतका श्रेष्तेदार वीरेन्द्र बुढाथोकीका अनुसार अदालतमा बहुविवाहसम्बन्धी ३ मुद्दा विचाराधीन छन्।

No comments: