News

Apr 10, 2010

सरकारलाई अपदस्त गर्न माओवादी तयार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत २९,एकीकृत माओवादी उपाध्यक्ष मोहन बैद्यले सहमतीय नभए बहुमतीय भए पनि नयाँ सरकार निर्माणको माओवादीले ढोका खोलेको बताएका छन्। शान्तिप्रक्रिया र नयाँ संविधान बनाउन नसक्ने र प्रमुख प्रतिपक्षको हैसियतले यो सरकारलाई अपदस्त गर्न माओवादी तयार रहेको गर्दै एक मिनेट पनि टिक्न नहुने जिकीर गरे।
'सरकारको मुख्य काम शान्तिप्रक्रिया र नयाँ संविधानलगायतका समग्र प्रक्रिया नै यसले गर्न सक्तैन। त्यसैले एक मिनेट पनि यो सरकार कुर्सीमा रहन जायज छैन,' सभासद् सरला रेग्मीको प्रवाह नामक उपन्यास शनिबार राजधानीमा सार्वजनिक गर्दै उनले भने, 'जिम्मेवार प्रमुख प्रतिपक्षको नाताले सकेसम्म सहमतीय र नभए बहुमतीय दुवै ढोका खोलेका छौं।'
सरकार पनि नबन्ने र शान्ति संविधान पनि नबन्ने स्थिति आयो भने माओवादी जनआन्दोलनमा जाने चेतावनी दिए। उनले भने, 'संविधान लेख्ने र शान्तिप्रक्रियालाई टुंगोमा पुर्‍याउने स्थिति आएन भने जनआन्दोलनमा जान्छौं।' आन्दोलनकै क्रममा राष्टिय स्वाधिनताको मुद्दा थपिएको भन्दै अरु पनि थपिदैजाने उनको तर्क थियो। शान्तिप्रक्रिया, संघीयता र नयाँ संविधान माओवादी एजेन्डा भएकाले पनि माओवादीले मात्र त्यसलाई पूरा गर्ने उनको जिकीर थियो। उनले भने, 'एजेण्डा एउटाको तर नेतृत्व अर्कोका हुँदा यस्तो अन्तरविरोध देखिएको हो। यस्तो अन्तरविरोध रहेसम्म शान्ति र संविधान सम्भव छैन। त्यसले सरकारबाट नभए हामी आन्दोलनबाटै हल गछौ।'
उनले सरकार ढाल्नका लागि अविश्वास प्रस्ताव लाने उनको भनाइ थियो। 'अविश्वास प्रस्ताव बारेमा पनि सोच्दैछौं,' उनले भने। माओवादी नेतृत्वमा सरकार बने बाबुराम भट्टराईले नेतृत्व भनी संचारमाध्यमा आएका कुरा गलत भएको दाबी गरे। उनले भने, 'अखवारमा आएका कुरा अनधिकृत हुन्। अब सरकार बने त्यसको नेतृत्व अध्यक्ष प्रचण्डले गर्नुहुन्छ।'
सरकारले भारतलाई राहदानी छाप्न दिने निर्णय गरेर सर्वोच्च निकाय संसदको पनि विशेषाधिकार हनन गरेकाले पनि राजिनामा दिनुपर्ने बताए। सरकारको यो निर्णयले माओवादीले उठाउँदै आएको राष्ट्रिय स्वाधीनताको मुद्दा अझ सान्दर्भिक भएको दाबी गरे। 'यो चानचुने गल्ती होइन, यसले हामीले उठाउँदै आएको राष्टिय स्वाधिनताको मुद्दालाई अझ गम्भीर बनाएको छ,' उनले भने।

No comments: