लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेवाः स्वायत्त राज्य संयुक्त संर्घष समितिले आगामी वैशाख १४ गतेदेखि समयमा नै पूर्ण संविधान निर्माणका लागि दबाबपूर्ण संर्घष थाल्ने घोषणा गरेको छ।संविधान जेठ १४ गते नै बन्नुपर्छ त्यो पनि अपूर्ण-अधुरो नभई पूर्ण संविधान बन्नुपर्छ’ भन्दै संर्घष समितिका अध्यक्ष सानुराजा शाक्यले भन्नुभयो- प्रस्तावित १४ प्रदेशबारे बजारमा अपवाह फैलाएर एकल राज्य सत्तँ लाड्ने षडयन्त्र भइरहेको छ। १४ प्रदेश जातीय मात्र नभई उत्पीडित वर्ग, समुदाय र क्षेत्रलाई केन्द्रित नीति निर्माण तहसम्म पुर्याउने पवित्र उद्देश्य रहेको छ।संविधानसभाको निर्वाचनबाट सांसद् बनेका नेताहरू संविधान निर्माणमा भन्दा बकम्फुसे कार्यमा मात्र लागेकाले दबाब कार्यक्रम ल्याउनुपरेको उहाँले दाबी गर्नुभयो।नेवाः देय् दबूका संरक्षक तथा संघीयताका अगुवा मल्ल के. सुन्दरले विभिन्न प्रश्नको जवाफ दिँदै जाति, भाषा, वर्ग, क्षेत्रको संघीयता, उत्पीडित पछाडि पारिएका समूहलाई दिइने आरक्षण सबै अस्थायी हुने स्पष्ट पार्दै जातीय संघीयतालाई टुक्रे राज्यको रूपमा अपव्याख्या गर्नुनहुने बताउनुभयो।संर्घष समितिका एक घटक नेवाः जागरण मञ्चका संयोजक सुजीव वज्राचार्य २४० वर्षअघि बाजले चल्ला झम्टिएझैं झम्टिएर हस्तक्षेप गरेको नेवाः भूमिलाई जबसम्म स्वायत्तता दिइँदैन तबसम्म आन्दोलनले विश्राम नलिने बताउनुभयो।
No comments:
Post a Comment