लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चैत १९ - नग्न नृत्य गरेको अभियोगमा दुई साता अघि सुन्धाराको एक्स बारबाट छापा मारी प्रहरीले पक्राउ गरेका २६ युवती धरौटीमा रिहा भएका छन्। त्यसै दिन बारबाट पक्राउ परेका ११ जना पुरुष कर्मचारी भने अझै पनि प्रहरी हिरासतमै छन्।
पक्राउ पछि हिरासतमा राखेर महानगरीय प्रहरी परिसर काठमाडौंले उनीहरुमाथि समाजमा अश्लिलता फैलाएको अभियोगमा सार्वजनिक अपराध अनुसारको कारबाही प्रक्रिया अगाडि बढाएको थियो। परिसरले उनीहरु विरुद्धको मुद्दा बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाएपछि प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद ढकालले २५ जनालाई प्रति व्यक्ति ५ हजारका दरले १ लाख २५ हजार र एक जनालाई १० हजार रुपैयाँ धरौटी लिई रिहा गर्ने निर्णय गरेका थिए। काठमाडौं परिसरले चैत ४ गते सुन्धारामा रहेको बारमा छापा मारी कर्मचारी र ग्राहक गरी ५३ जनालाई पक्राउ गरेको थियो। पक्राउ ग्राहकहरुलाई सोही दिन चेतावनी दिएर रिहा गरिएको थियो। सामान्यतया सार्वजनिक अपराधमा २४ दिन अनुसन्धानका लागि हिरासतमा राखी २५ औं दिन जिल्ला प्रशासन कार्यालयलमा बुझाउने गरिएपनि पक्राउ महिला कर्मचारी रिहा गर्न एक गैर सरकारी संस्थाले बन्दी प्रत्यक्षिकरणको रिट सर्वोच्च अदालतमा दायर गरेपछि प्रहरीले हतारमा महिलाहरुको मुद्दा बुझाएको हो। बारका संचालक स्टालिन सेरचन अझै फरार छन्।

No comments:
Post a Comment