लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१० अप्रिल,२०१०,नेपाली काँग्रेसको बाह्रौं महाधिवेशन यही भदौ १० देखि १४ गतेसम्म काठमाडौंमा हुने भएको छ । हिजो बसेको केन्द्रीय समितिको बैठकले महाधिवेशनको मिति तय गर्दै भदौ १४ गतेसम्मका लागि केन्द्रीय सदस्यहरुको म्याद पनि थप गरेको छ ।
नेपाली काँग्रेस र नेपाली काँग्रेस प्रजातान्त्रिकबीच एकीकरण भएपछिको पहिलो महाधिवेशन भएकाले पनि नेपाली काँग्रेसमा बाह्रौं महाधिवेशनलाई महत्वका साथ हेरिएको छ । नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको निधनपछि हुन लागेको महाधिवेशनबाट पार्टीको नेतृत्व दोस्रो पुस्ताका नेतामा जाने भएकाले पनि महाधिवेशनलाई महत्वका साथ हेरिएको हो ।
यस्तै काँग्रेसमा वरियता विवाद पनि मिलेको छ । पार्टीको वरियता क्रममा पहिलो स्थानमा संस्थापक नेता कृष्णप्रसाद भट्टराई, दोस्रोमा बरिष्ठ नेता शेरबहादुर देउवा र तेस्रोमा कार्यवाहक सभापति सुशील कोइराला रहने निर्णय केन्द्रीय समितिको बैठकले गरेको छ । पार्टी केन्द्रीय समितिको अर्को बैठक आगामी बैशाख २ गते बस्ने भएको छ ।

No comments:
Post a Comment