लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज २१ २०६७,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको तेस्रो विस्तारित बैठक २०६७ असोज १७, १८, १९ र २० धरान सुनसरी लिम्बुवानमा गणतन्त्र संघीयता, धर्मरिपेक्षता र लिम्बुवान स्वायत्तताका लागि झण्डा उठाउनेदेखि सरकार गठन गर्नेसम्म निर्णय गर्दै सम्पन्न भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्ष नेपालअन्तर्गत् जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा अरुणपूर्वको नौ जिल्लाहरुलाई लिम्बुवान स्वायत्त राज्य घोषणा गराउन मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद लिम्बुवानवासीहरुको सबैभन्दा भरपर्दो र प्रिय सङ्गठन बनेर लिम्बुवान आन्दोलनको सशक्त नेतृत्व गरिरने प्रतिवद्धताका समेत बैठकले गरेको छ । एकात्मकवादीहरुले नेपालको संघीयवादी आन्दोलन र लिम्बुवान आन्दोलनलाई ध्वस्त गर्न लिम्बुवान क्षेत्रकै केही व्यक्ति र अनुहारहरुलाई प्रयोग गरेर मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदउपर पटक-पटक राजनीतिक आक्रमण गरेको तर ती सबैखाले षडयन्त्रलाई परास्त गर्दै मञ्चसम्बद्ध संलिरापका लाखौ सदस्यहरु र हजारौं नेतृत्वहरु एकताबद्ध हुँदै एकात्मकवादीहरुको सामु कहिल्यै नझुक्ने र संघीयता एवम् लिम्बुवानको लागि आवश्यक परे एकहजार वर्षसम्म लड्न तयार रहेको दृढ आत्मविश्वाससहित अघि बढिरहने अठोटसमेत गरेको छ ।
नेपालको संघीय आन्दोलनमा लिम्बुवानले नेतृत्वदायी भूमिका खेलिरहेको र भविष्यमा पनि खेल्ने यसको लागि जस्तोसुकै पीडा सामना गर्न र वलिदान दिनसमेत तयार रहँने वाधाका साथ सो विस्तारित बैठकबाट पारित लिम्बुवान राज्य प्राप्तिका लागि विभिन्न सङ्घर्ष तथा आन्दोलनका कार्यक्रमहरु अध्यक्ष कुमार लिङ्देन 'मिराक'द्वारा हस्ताक्षरित एक प्रेस-विज्ञप्तिमार्फत् निम्नानुसार सार्वजनिक गरिएको छ-
"१. लिम्बुवान प्राप्तिको लागि निर्णायक आन्दोलनका चरणहरुबारे :
(क) संघीय लोकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्ष नेपालअन्तर्गत् अरुणपूर्वका नौ जिल्लाहरुलाई जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा लिम्बुवान स्वायत्त राज्य घोषणा गरियोस् भनी अघि बढिरहेको लिम्बुवानी आन्दोलनको विरुद्धमा एकात्मक राज्य एकात्मक षडयन्त्र र अवरोधहरु पुर्याई रहेकोले ती सबैखाले एकात्मकताको विरुद्धमा लिम्बुवानको नौवटै जिल्लाहरुमा ऐतिहासिक र सार्वजनिक स्थलहरु मिति २०६७ मङ्सिर १० गते एकैपल्ट एकहजार वटा कालो झण्डा गाड्ने ।
(ख) राज्य र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च एवम् मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदबीच २०६४ फाल्गुन १८ गते भएको पाँचबुँदे ऐतिहासिक सहमतिमा उल्लेख भएको जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा अरुणपूर्व को नौ जिल्ला लिम्बुवान स्वायत्त राज्य सुनिश्चित गराउन लिम्बुवानको हरेक निकायमा सबै जातिहरुलाई समेट्ने जातीय समानुपातिक प्रतिनिधित्वको व्यवस्था गर्न लिम्बुवानको जल, जमिन र जङ्गलउपर काठमाडौं केन्द्रित एकात्मक राज्यसत्ताले गरिरहेको ब्रम्हलुटको तत्काल अन्त्य गरी लिम्बुवानमा यूएनड्रीप र आई. एल. ओ. महासन्धि १६९ लागू गराउन मङ्सिर १५ गतेदेखि लिम्बुवान प्राप्त नभइञ्जेल प्रत्येक महिनाको १५ गते अरुणपूर्व नौ जिल्ला लिम्बुवान राज्यमा आमहड्ताल र बन्द गर्ने । प्रत्येक महिनाको १४ गते बेलुकी लिम्बुवानको प्रत्येक ठाउँमा राँके जुलुश गर्ने ।
(ग) अरुणपूर्व नौ जिल्ला लिम्बुवान स्वायत्त राज्य प्राप्तिको लागि मङ्सिर २९ फाल्गुन २९ गते लिम्बुवानको एकसय ठाउँमा १२ घण्टे भोक हड्ताल आयोजना गर्ने ।
(घ) लिम्बुवानप्रतिको प्रेम र प्रतिवद्धता प्रकट गर्न यही २०६७ माघ १० गते अरुणपूर्व नौ जिल्ला लिम्बुवानमा मञ्च र यस परिषद एवम् सम्बन्धित् स्वायत्त क्षेत्रमा स्वायत्त परिषदहरुको समेत एकहजार वटा झण्डाहरु गाड्ने ।
(ङ) २०६८ जेष्ठ १५ गतेभित्रमा विराटनगरमा एकलाख जनता उपस्थित् गराई विशाल लिम्बुवान आमसभा आयोजना गर्ने ।
(च) २०६७ को अन्त्यसम्ममा अरुणपूर्व नौ जिल्लाको सबै गा. वि. स. हरु र प्रस्तावित विशेष स्वायत्त क्षेत्रहरुमा सबै जाति र सबै पक्षहरुलाई समेटेर 'अरुणपूर्व नौ जिल्ला लिम्बुवान राज्य स्थापनार्थ गोलमेच सम्मेलन' आयोजना गर्ने ।
(छ) लिम्बुवानका सबै कलेज उच्च मा. वि. र विद्यालयहरुमा 'लिम्बुवान लेक्चर सेरिज्' सञ्चालन गर्ने ।
(ज) लिम्बुवानको जल जङ्गल र जमिनमाथि भइरहेको एकात्मक ब्रम्ह्लुटलाई रोक्न लिम्बुवानका मातृभाषाहरुमा अध्ययन-अध्यापन गर्न र लिम्बुवानको सबै निकायहरुमा जातीय समानुपातिक प्रतिनिधित्व गराउन मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद हस्तक्षेपकारी रुपमा प्रस्तुत हुने ।
(झ) देश संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भइसकेपछि पनि लिम्बुवान राज्य बन्नु अगाडि नै हतारहतार षडयन्त्रमुलक तरिकाले काठमाडौंको एकात्मक सरकारले लिम्बुवानको प्राकृतिक स्रोत-सम्पदाहरु हडप्ने उद्देश्यले स्वदेशी र विदेशीहरुसँग गरेको सम्झौताहरुलाई ठाडै अस्वीकार गर्ने ।
(ञ) भोलिको लिम्बुवान राज्य सरकारलाई बोझ हुने गरी एकात्मक सत्ताले कर्मचारी नियुक्त गर्न खोजेमा परिषदले सडकबाटै त्यसको विरोध गर्ने ।
लिम्बुवान ज्योति यात्रा, लिम्बुवान मार्च पास, लिम्बुवान साँस्कृतिक अभियानहरु साचालन गर्ने ।
(ट) २०६८ जेष्ठ १४ गते संविधान नलेखिए वा संविधानमा लिम्बुवान सुनिश्चित नगरिए यस परिषदले लिम्बुवानको सबै पक्षहरुसँग परामर्श सरसल्लाह र मोर्चावन्दी वा एकता गरेर अन्तरिम् लिम्बुवान सरकार गठन र घोषणा गरी अघि बढ्ने ।
३. निर्णायक लिम्बुवानी आन्दोलनको अनुमानित बजेट बारे :
यस निर्णायक लिम्बुवानी आन्दोलनको लागि पाँच करोड रुपैयाँ बजेट लाग्ने अनुमान गरिएको छ । लिम्बुवानका उद्योगी व्यवसायी कर्मचारी ठेकेदार लिम्बुवानी जनताहरु र नेपाललगायत विश्वमा छरिएर रहेका लिम्बुवानी दाजुभाइ तथा दिदी-बहिनीहरुसँग पनि आर्थिक सहयोगको अनुरोध गरिनेछ । प्राप्त सहयोगहरुलाई पारदर्शी गरिनेछ, कसैबाट आर्थिक गडबढ गरिएमा यसै प्रतिवेदन र मञ्च सम्बद्ध संलिरापको विधान अनुसार कडा कार्वाही गरिनेछ ।
४. अन्य जरुरी विषयहरु बारे
क. सभासद् कार्वाही:
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले समानुपातिकतर्फ सिफारिश गरेका सभासद राजकुमार लिम्बू नाल्बो ले अर्कै पार्टी खोलेपछि निजलाई सभासदबाट बर्खास्त गरियोस् भनी २०६६।२।१९ गते संविधान सभाध्यक्ष सुवास नेम्बाङलाई निवेदन चढाएको चढाइएको हो । तर, निवेदन चढाएको १५ महिना बितिसक्दा पनि हुन्छ वा हुँदैन कुनै निर्णय दिएका छैनन् । यस बारेमा तुरुन्त कार्वाही गरियोस् भनी २०६७।०५।१७ गते सभाध्यक्षलाई पाँच दिने अल्टिमेटम दिएका थियौं । तर, सभाध्यक्षबाट कुनै जवाफ आएको छैन । संविधान सभाको नियमावलीलाई अध्ययन गर्दा सभासदको कार्वाही ढिला हुनुको मुख्यकारण सभाध्यक्ष सुवास नेम्बाङले मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदप्रति देखाएको राजनीतिक पूर्वाग्रही नै हो ।
त्यसैले, मञ्चसम्बद्ध संलिरापले सभाध्यक्ष सुवास नेम्बाङको राजनीतिक पूर्वाग्रही, कप्ट्याँई र राजनीतिक चिप्लेपनाको विरुद्धमा केहीदिन पछिनै चरणवद्ध राजनीतिक विरोधका कार्यक्रमहरु साचालन गर्नेछ ।
ख मतदाता नामावली सङ्कलन र अन्य एकात्मक कार्यक्रमहरु रोक्नेबारे :
'पहिले लिम्बुवान त्यसपछि निर्वाचन’ हाम्रो परिषद स्पष्ट छ । यही मुल नीतिको आधारमा हामी अघि बढ्नेछौं । त्यसैले, नागरिकता र फोटोसहितको मतदाता नामावली सङ्कलन कार्य र अन्य एकात्मक कार्यक्रमहरु तुरुन्त रोकिनुपर्दछ भन्ने यस परिषदको अडान छ ।
५. तेस्रो विस्तारित बैठकबाट सम्वद्ध जिल्ला तथा समितिको सिफसिशमा निम्नानुसार परिषदको केन्द्रीय सदस्य, बैकल्पिक केन्द्रीय सदस्य र राष्ट्रिय पार्षदहरु निर्वाचित गरेको छ:
१. केन्द्रीय सदस्य क्या. शिबकुमार पाङगेनहाङ, उपत्यका
२. केन्द्रीय सदस्य विष्णु यक्सो, उपत्यका/यूके
३. केन्द्रीय सदस्य नवराज काम्बाङ, हङकङ
४. केन्द्रीय सदस्य मातृका धिमाल, संघीय धिमाल स्वायत्त परिषद
५. केन्द्रीय सदस्य शुकबहादुर थेगिम, पान्थर मिक्लुक थुम्
६. केन्द्रीय सदस्य भक्तिप्रसाद नेम्बाङ, पान्थर
७. केन्द्रीय सदस्य उदयकुमार लिङदेन, ताप्लिजोङ
८. केन्द्रीय सदस्य अष्टबहादुर आठपरिया, धनकुटा
९.. वैकल्पिक केन्द्रीय सदस्य प्रेम घिमिरे, झापा
१०. वैकल्पिक केन्द्रीय सदस्य भिम सुनुवार, झापा
११. राष्ट्रिय पार्षद निश्चलता लावती, झापा
१२. राष्ट्रिय पार्षद निर्मलकुमार राई, मोरङ
१३. राष्ट्रिय पार्षद दिलमान सावा, मोरङ
१४. राष्ट्रिय पार्षद वीरबहादुर घिसिङ, मोरङ
१५. राष्ट्रिय पार्षद मानबहादुर थाङदेन, मोरङ
१६. राष्ट्रिय पार्षद अमृत मादेन, मोरङ
१७. राष्ट्रिय पार्षद सूर्यबहादुर माझी, मोरङ
१८. राष्ट्रिय पार्षद देव मेन्याङबो, ताप्लिजोङ
१९. राष्ट्रिय पार्षद भूपेन्द्र मावो, ताप्लिजोङ
२०. राष्ट्रिय पार्षद विष्णु इङ्नाम, हङकङ
२१. राष्ट्रिय पार्षद इन्द्रहाङ योङहाङ, झापा
२२. राष्ट्रिय पार्षद अमृत खड्का, झापा
२३ राष्ट्रिय पार्षद राम चेम्जोङ, झापा
२४. राष्ट्रिय पार्षद जय लिङदेन, झापा
२५. राष्ट्रिय पार्षद होमकुमार साम्सुहाङ, झापा
२६. राष्ट्रिय पार्षद शिवभक्त तेयुङ, सुनसरी
२७. राष्ट्रिय पार्षद राम गिरी, पान्थर
६. सङ्गठनको लागि एक सवारी साधन खरिद गर्नका लागि क्या। शिवकुमार पाङगेनहाङको संयोजकत्वमा सुरेन्द्र निङलेकु र दिलकुमार फोम्बो सदस्य रहने गरी तीन सदस्यीय समिति गठन गरियो ।
अन्त्यमा नेपालभरका संघीयवादीहरुले लिम्बुवानलाई आशा र भरोसाको केन्द्रविन्दु मान्न थालिसकेका छन् । उहाँहरुको त्यो आशालाई निराश हुन नदिन हामी सम्पूर्ण लिम्बुवानवासीहरु अझ दृढ र साहसी भएर संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको झण्डामुनि गोलबन्दहुँदै लिम्बुवानी आन्दोलनमा लामबद्ध हुन जरुरी छ । हामी गर्व गरौ कि संसारको आँखा हामीमाथि परिरहेको छ । उच्च वलिदानी भावनाले अघि बढौं तर एकात्मकवादीहरुको अघि कहिल्यै नझुकौं । काङ्सोरेले भन्नुभयो- 'बरु लिम्बुवान ढल्छ तर कहिल्यै पछि हट्दैन।"

No comments:
Post a Comment