News

Oct 29, 2010

विदेशबाट फर्किएर व्यावसायिक कुखुरापालनतर्फ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अर्घाखाँची, कात्तिक १२- अर्घाखाँचीको घोचेखोलाका एक युवक विदेशबाट फर्किएर व्यावसायिक कुखुरापालनतर्फ लागेका छन्। विदेशमा गएर दुःख गर्नुभन्दा आफ्नै गाउँमा पसिना बगाउनुपर्छ भनेर व्यावसायिक कुखुरापालनतर्फ लागेको किमडाँडा घोचेखोलाका किसान मधुप्रसाद बन्जाडेले बताए। 'अर्काको मुलुकमा गएर गुलामी गरेर पैसा कमाउनुभन्दा स्वदेशमै आफ्नो व्यवसाय गर्नु उत्तम रहेछ', उनले भने। उनी मात्रै होइन अर्घाखाँचीको किमडाँडामा किसानहरू पनि अहिले व्यावसायिक खुरापालनतर्फ आकर्षित भएका छन्। पैसा कमाउनका लागि विदेश नै जानुपर्छ भन्ने छैन मेहनत र परिश्रम गरे नेपालकै भूमिमा पनि लाखाँ आम्दानी गर्न सकिन्छ भन्ने प्रेरणाका स्रोत बनेका छन् अर्घाखाँची किमडाँडाका किसान।अन्य व्यवसायभन्दा कुखुरापालनबाट राम्रो आम्दानी हुने भएपछि किसान कुखुरापालनतर्फ आकर्षित भएका हुन्। अन्य व्यवसायभन्दा यो व्यवसाय केही जोखिमपूर्ण भए पनि अर्घाखाँचीमा कुखुरामा लाग्ने कुनै रोग नलागेकोमा किसान खुसी छन। अहिले किमडाँडा गाविसका झन्डै २० जना किसान व्यावसायिक कुखुरापालनतर्फ लागेका हुन्। उनीहरूले उत्पादन गरेको कुखुराको मासु सन्धिखर्क र चुत्राबेसीमा बिक्री हुने गरेको छ।

No comments: