News

Oct 13, 2010

नेपाल भोकमरीग्रस्त मुलुकको सूचीमा ५६ औं स्थानमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आश्विन २६ - नेपाल विश्वका भोकमरीग्रस्त मुलुकको सूचीमा ५६ औं स्थानमा रहेको सोमबार सार्वजनिक एक अन्तर्राष्ट्रिय प्रतिवेदनले औंल्याएको छ । यसअघि सन् २००८ को ग्लोबल हंगर इन्डेक्स -विश्व भोकमरी परिसूचक (जिएचआई) मा नेपाल ५७ औं स्थानमा थियो । इन्टरनेसनल फुड पोलिसी रिसर्च इन्स्िटच्युटले सोमबार सार्वजनिक गरेको नयाँ परिसूचकले सन् १९९० यता दक्षिण एसियाले भोकमरी हटाउने दिशामा उल्लेख्य प्रगति गरेको देखाएको छ । यद्यपि नयाँ परसूचकमा क्षेत्रीय रूपमा दक्षिण एसिया र सव साहरन अपिmकी मुलुक विश्व भोकमरी सूचीको अग्रस्थानमा छन् । परिसूचकमा बाल कुपोषण, बाल मृत्युदर र क्यालोरी नपुगेको जनसंख्या अनुपातलाई मुख्य आधार मानिएको छ । चीन भारतभन्दा धेरै अगाडि नवौं स्थानमा छ । दक्षिण एसियामा बंगलादेश, भारत र पाकिस्तानलगायत मुलुकमा भोकमरीको स्तर प्रतिव्यक्ति कुल गार्हस्थ राष्ट्रिय आम्दानी (जिएनआई) भन्दा उच्च रहेको प्रतिवेदनमा छ । बंगलादेश ६८ औं, भारत ६७ औं र पाकिस्तान ५२ औं, श्रीलंका ३९ औं स्थानमा छन् । परिसूचकको सूचीमा विश्वका भोकमरीग्रस्त ८४ मुलुक समेटिएका छन् । प्रतिवेदनले विश्वमा १ अर्बभन्दा बढी जनसंख्या भोकमरीको अवस्थामा रहेको देखाएको छ ।

No comments: