News

Oct 23, 2010

घाँस काट्दाको विवाद बढ्दै चक्काजामसम्म

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इटहरी, कात्तिक ६- एक साताअघि महिलाबीच घाँस काटेको विषयमा भएको विवादले उग्र रुप लिएपछि सुनसरी मधेलीका गाउँले आन्दोलनमा उत्रिएका छन्। सोही विषयलाई लिएर मधेलीका गाउँलेले शनिबार कोशी राजमार्गअन्तर्गत खनारमा एक घण्टा चक्काजामसमेत गरे। सोनापुर–४ को जयबाबा इँटा उद्योग परिसरमा असोज-२५ गते सोनापुरकी उषा खातुनको खेतमा मधेलीका रिनादेवी चौधरी, सुन्दरीया चौधरी र सुभद्रा चौधरीले घाँस काट्दा विवाद भएको थियो। उक्त विवाद उद्योगमा कार्यरत मजदुरले विवाद मिलाउन खोजेका थिए। भोलिपल्ट मधेलीका युवाले महिलालाई दुर्व्यवहार गर्न खोजेको भन्दै उद्योगमा कार्यरत् मजदुरमाथि आक्रमण गर्दा दुवै पक्षका गरी १० जना घाइते भएका थिए। सो क्रममा उद्योगमा पनि क्षति पुगेको थियो। आन्दोलनका लागि गाउँलेले उपेन्द्र चौधरीको संयोजकत्वमा समिति समेत गठन गरेका छन्। मधेलीका गाउँलेले प्रहरीसमक्ष उद्योगमा कार्यरत तीन मजदुर र दुई गाउँले गरी पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर कारबाही थाल्नुपर्ने मुख्य माग राखेका छन्। कलम चौधरीले बारम्बार सोनापुरका बासिन्दाले आक्रमण गर्ने गरेकाले बाध्य भएर आन्दोलनमा उत्रनुपरेको बताए।

No comments: