News

Oct 26, 2010

संघीय लिम्बुवान राज्य परिषदलाई वार्तामा आउन पत्रचार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
धरान, कार्तिक ९ - निर्वाचन आगोगले संघीय लिम्बुवान राज्य परिषदलाई वार्तामा आउन पत्रचार गरेको छ । मतदाता नामावली संकलन कार्यको विषयलाई लिएर परिषदले गरेको एक दिने आम हडताल लगत्तै निर्वाचन आयोगले सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध सङ्घीय लिम्बुवान राज्य परिषदलाई वार्तामा बोलाएको छ । निर्वाचन आयोगले मतदाता नामावली संकलनमा अवरोध पुर्‍याएकोमा आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाउँदै छलफलका लागि सात सदस्यीय टोली लिएर आउन पत्राचार गरेको परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देनले बताए । आयोगले मतदाता नामावलीलाई स्वच्छ, त्रुटिरहित र प्रभावकारी बनाउने उदेश्यले फोटो सहितको नामावली संकलन गरेको जनाउँदै वार्ताद्वरा समामाधान गर्न आग्रह गरेको छ । परिषदका अध्यक्ष लिङ्देनले आयोगको पत्र पाए पनि वार्तामा बस्ने नबस्ने भन्ने टुङ्गो नलागेको बताए । उनले संविधानमा लेखिएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल भन्ने शब्दलाई व्यवहारमा उतारेर कार्यान्वयन नगरे सम्म तार्किक निष्कर्ष ननिस्कने बताएका छन् । आयोगसँग वार्तामा बसे पनि अडान कायमै रहने उनले बताए । अरूण पूर्वका नौवटा जिल्लामा निर्वाचन आयोगद्वारा सञ्चालित फोटोसहितको मतदाता नामावली सङ्कलन कार्य रोक्न दवाब दिदैं परिषद्ले पूर्वका ९ जिल्ला बन्द गरेको हो । बन्दका कारण कोशी राजमार्गमा यातायातका साधन चलेनन् । उद्योग कलकारखाना, पसल, शिक्षणसंस्था बन्द रहे ।

No comments: