News

Oct 22, 2010

अमेरिकाले ठूलो परिमाणमा हतियार बेच्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वासिङ्गटन/ अहिलेसम्म नभएको सबैभन्दा भारी परिमाणमा अत्याधुनिक हातहतियार तथा उपकरण अमेरिकाले साउदी अरबलाई बिक्री गर्ने भएको छ । यस हतियार बिक्री योजनामा ८४ वटा अत्याधुनिक एफ-१५ युद्धक जेट विमान, ७० वटा आपाचे नामक आक्रमणकारी हेलिकोप्टर, ७२ वटा उच्चप्रविधिको 'ब्ल्याक हक' नामक हेलिकोप्टर र ३६ वटा हलुका युद्धक हेलिकोप्टर तथा अन्य हातहतियार उपकरणसमेत पर्दछन् ।यी युद्ध सामग्रीको कुल मूल्य ६० अर्ब अमेरिकी डलरसम्म पर्ने र इरानसँगको सामरिक भयबाट साउदी अरबलाई मुक्त गर्ने मनसाय रहेकोसमेत अमेरिकी राजनीतिक सैनिक मामिला विभागका सम्बद्ध अधिकारीले जनाएका छन् । राष्ट्रपति ओबामा प्रशासनले यस हतियार व्यापार योजनाबारे अमेरिकी संसद् कंगे्रसलाई औपचारिक जानकारी गराएको छ । अमेरिकी कंग्रेसलाई यस योजनामा संशोधन गर्ने वा विलम्ब गर्ने सम्पूर्ण अधिकार निहित छ । तेल धनी साउदी अरबलाई बिक्री गरिने यी हातहतियार १५ देखि २० वर्षसम्म हस्तान्तरण गरिसकिने कुरा पनि जनाइएको छ ।

No comments: