News

Oct 16, 2010

उपराष्ट्रपति झा बसेको ठाउँ नजिकैबाट डाका पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लहान, असोज ३०- उपराष्ट्रपति बास बसेको लहानसँगै जोडिएको बस्तीपुर गोबिन्दपुरमा डकैती गर्न आएका डाका समूहमध्ये दुई जना डाकालाई स्थानीयले पक्राउ गरी शनिबार बिहान प्रहरीलाई बुझएको छ। पक्राउ पर्नेमा सिराहा बेल्हा ४ का २६ वर्षीय मजिद राइन र बस्तीपुर ३ की पवन देवी महतो हुन्। शनिबार बिहान १०/१२ जनाको समूहमा गाउँ प्रवेश गरेका सशस्त्र डाकाहरु डकैतीको तरखर गर्नासाथ गाउँ सुरक्षामा गस्ती गरिरहेका स्थानीयहरुले घेरा हालेर डाका समूहका एक महिला र एक युवालाई पक्राउ गरेको स्थानीय निर्मल सिलवालले बताए। डाका पक्राउ गर्नासाथ नजिकको वडा प्रहरी र सशस्त्र प्रहरी बेस क्याम्पमा खबर गरेको उनले बताए। दुबै डाकाहरु वडा प्रहरी कार्यालय लहानको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक लालध्वज सुवेदीले बताए। फरार हुन सफल बाँकी डाकाहरुको खोजी भइरहेको वडा प्रहरी कार्यालय लहानले जनाएको छ। शनिबारको धार्मिक कार्यक्रममा सहभागी हुन उपराष्ट्रपति परमानन्द झा शुक्रबार नै लहानको होटल बिशालमा बसेका छन्। उपराष्ट्रपतिको उपस्थितिका कारण मजबुत पारिएको भनिएको स्थानीय प्रसाशनको सुरक्षा बन्दोबस्तीलाई चुनौती दिदै २ किलोमिटर उत्तरवर्ती गाउँ बस्तीपुरमा सशस्त्र डाकाको प्रवेशले यहाँको समग्र सुरक्षामाथि नै प्रश्न उठाएको स्थानीयको भनाई छ।

No comments: