News

Oct 14, 2010

सीमावर्ती बजारमा लुटिने ठगिने र कुटिने तीब्रता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बाँके,भारतबाट कमाई गरेर दसैँका लागि घर फर्किएका नेपालीहरू बाँकेको सिमावर्ति बजार रूपैडियामा लुटिने र ठगिने क्रम बढिरहेको छ ।आफूहरूलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले समेत विनाकारण कुटपिट गर्ने गरेको उनीहरूको गुनासो छ ।कमाई गरेर भारतबाट नेपाल फर्किदै गरेका जाजरकोटका जिते जैसिले कमाई गरेर ल्याएको सबै पैसा लुटेर लगेको गुनासो गर्नुभयो ।उहाँले आफूलाई बेहोस् बनाएर पैसा लुटेको तर भारतीय प्रहरीलाई लुटिएको खबर गर्दा समेत कुनै वास्ता नगरेको बताउनुभयो ।यता कमाई गरेर घर फर्किदै गरेका दाङ पुरन्धाराका लालबहादुर वलिले रूपैडिहाबाट नेपालगञ्ज आउँदा रिक्सावालाले सुरुमा रिक्सामा चढ्दा कम भाडा भने पनि बीच बाटोमा ल्याएर त्यसको ५ गुना बढि भाडा असुल गरेको बताउनुभयो । भनेको भाडा नदिएमा रिक्सावालाले आफूलाई कुटपिट गर्ने धम्कीसमेत दिएको उहाँले गुनासो गर्नुभयो ।रुकुम खोला गाउँका धनसिंह कामिले सिमामा नेपाली प्रहरीले समेत रकम असुल्ने गरेको खुलासा गर्नुभयो ।आफू नेपाल फर्किने क्रममा विनाकारण झोला चेक गरेर पैसा माग्ने गरेको र पैसा नदिए झोला राखिदिने धम्की दिने गरेको पनि उहाँले बताउनुभयो ।सिमावर्ति क्षेत्रमा सोझासाझा नेपालीलाई नेपाली र भारतीय दुवै पक्षबाट ठग्ने काम मात्र हुने गरेको छ ।रुकुमकै मूरु गाविसका अर्का जगत बुढाले आफुलाई भारतीय सिमा सुरक्षा बल एसएसबीले कुटपिट गरेको गुनासो गर्नुभयो ।भारतमा गई रोजी रोटीको लागि कमाई गरेर चाडपर्वका बेला नेपाल फर्किने मध्ये बर्सेनि हजाराँैको सङ्ख्यामा नेपालीहरू लुटिने, ठगिने र कुटिने गरेपनि सम्बन्धित निकायले त्यसतर्फ कुनै चासो नदेखाएको पीडितहरूको गुनासो छ ।

No comments: