News

Oct 27, 2010

कब्जा घर जग्गा फिर्ता गराउन प्रधानमन्त्रीको निर्देशन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दाङ, कार्तिक १० - प्रधानमन्त्री माधवकुमार नेपालले माओवादीले कब्जामा लिएका घर जग्गा फिर्ता गराउन दाङका सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् । थारु कल्याणकारिणी सभाको महाधिवेशन उद्‌घाटन गर्न आएका प्रधानमन्त्री नेपालले बुधबार दाङका कार्यालय प्रमुखहरुलाई भेटेर भने, 'दाङमा अझै पनि केही व्यक्तिको घर, जग्गा, सम्पत्ति कब्जा भएकाले त्यसलाई फिर्ता गराउन कानुनी प्रक्रिया थाल्नुहोस् ।' प्रधानमन्त्री नेपालले दाङलगायत मध्यपश्चिमका केही जिल्लामा अझै पनि थारु बालबालिकालाई घरमा कमलरीका रुपमा काम गर्न राख्ने गरेको हुँदा त्यस्ता व्यक्तिलाई कानुनी कारबाही गर्नुपर्ने बताए । उनले नागरिकको सूचना हकको संरक्षण सम्बर्धन गर्न पनि कार्यालय प्रमुखलाई निर्देशन दिए । प्रधानमन्त्रीसँगै कांग्रेसका संसदीय दलका नेता रामचन्द्र पौडेल, उपप्रधानमन्त्री विजयकुमार गच्छदार, एमालेका नेताहरु इश्वर पोखरेल र भानुभक्त ढकाल, गृहसचिव गोविन्द कुसुमलगायत दाङ आइपुगेका छन् ।

No comments: