News

Oct 30, 2010

यौनसम्पर्क गर्दागर्दै समातिएपछि बिहे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सप्तरी, १२ कात्तिक : सार्वजनिकस्थलमा यौनसम्पर्क गर्ने एक जोडीलाई समाजले नियन्त्रणमा लिएर विवाह गराइदिएका छन् । कल्याणपुर गाविस- २ की २० वर्षीया अञ्जुकुमारी चौधरी र बनरझुला गाविस- ७ का १९ वर्षीय चन्द्रनारायण चौधरीलाई सार्वजनिक स्थलमा यौनसम्पर्क गर्दागर्दै नियन्त्रणमा लिएर विवाह गराइदिएका हुन् । बिसनपुरस्थित एक सार्वजनिक स्थलमा बिहीबार राति यौनसम्पर्क गरिरहेको अवस्थामा स्थानीयवासीले पक्राउ गरेपछि उनीहरूबीच विवाह गराइदिएका हुन् । यौनसम्पर्क गरिरहेको अवस्थामा भेटिएपछि उनीहरूलाई पक्राउ गरी गाउँका अगुवाको उपस्थितिमा बिहीबार राति नै सामाजिक परम्पराअनुसार विवाह गराइदिएको स्थानीयवासी रामफल चौधरीले बताए । प्रेमको बहानामा सार्वजनिक स्थलमै यौनसम्पर्क गर्दा समाजमा विकृति उत्पन्न हुने भएकाले विवाह गराइदिएको स्थानीयवासीको भनाइ छ । 'यो विवाहले अरू यस्ता प्रेम जोडीले पनि अवैध यौनसम्पर्क नगर्न प्रेरित गर्नेछ,' स्थानीय सञ्चारकर्मी माला कणले भनिन्, 'युवा/युवतीबीच प्रेम रहँदैमा यौनसम्पर्क गर्नु सामाजिक अपराध मानिन्छ ।' समाजका अगुवाले गरेको निर्णय आफूहरूलाई स्वीकार्य रहेको उनीहरूले बताए । यता विवाहपछि नवदम्पती चौधरीद्वयले पनि समाजले गरिदिएको फैसला आफूहरूलाई स्वीकार्य हुने बताए । 'हामीलाई समाजले गरेको निणर्य स्वीकार्य छ,' विवाहपछि चन्द्रनारायण चौधरीले भने, 'हामीबीच लामो प्रेम छ । हामी खुसीले गरेर खान्छौँ ।'

No comments: