News

Oct 12, 2010

नेपालले एसीसी -१९ महिलाको क्रिकेटले उपाधि चुमे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आश्विन २६ - नेपालले एसीसी -१९ महिलाको क्रिकेटले उपाधि चुमेको छ । दोस्रो संस्करणको फाइनलमा भुटानलाई मंगलबार भएको खेलमा ५ विकेटले पराजित गर्दै डिफेन्डिङ च्याम्पियनको उपाधि कब्जा गरेको हो । नेपालले यसअघि पहिलो संस्करणको उपाधि समेत जितेको थियो । सिंगापुर स्थित इन्डियन एसोसिएसनको मैदानमा आज भुटानले प्रस्तुत गरेको ५४ रनको लक्ष नेपालले १७. २ ओभरमा ५ विकेट गुमाएर भेटाएको हो । नेपालको जितमा सरिता मगरले २३, क्याप्टेन नेरी थापाले १० , ममता थापाले ७, तृष्णा सिंहले ४ र मनिसा रावलले २ रनको योगदान गरे । मगर 'प्ले अफ दि म्याच' भइन् । यसअघि वर्षका कारण २० ओभरमा छुट्याइएएको खेलमा टस हारेर व्याटिङ गरेको भुटानले निर्धारित अवधिमा ६ विकेट गुमाएर ५३ रनको योगफल तयार पारेको थियो । भुटानको इनिङस सस्तैमा समेट्न नेपालका रुवीना क्षेत्री २ तथा श्रदा अर्याल र नेरी थापाले १-१ विकेट लिए । प्रतियोगीताको उत्कृष्ट व्याट्स वुमन नेरी थापा भइन् ।

No comments: